images
images

अग्राधिकार शेयरका लागि ४ बैंकको प्रतिस्पर्धा, १३ करोड ३५ लाख कित्ता शेयर जारी गर्ने

अग्राधिकार शेयरका लागि ४ बैंकको प्रतिस्पर्धा, १३ करोड ३५ लाख कित्ता शेयर जारी गर्ने

के हो अग्राधिकार शेयर ?

मंगलवार, भदौ १८ २०८१
मंगलवार, भदौ १८ २०८१
  • अग्राधिकार शेयरका लागि ४ बैंकको प्रतिस्पर्धा, १३ करोड ३५ लाख कित्ता शेयर जारी गर्ने

    काठमाडौँ / पूँजीकोषको दबावका कारण कर्जा विस्तारमा समस्या हुने देखेपछि बैंकहरु धमाधम अग्राधिकार शेयर जारी गर्ने बाटोमा लागेका छन्। राष्ट्र बैंकले मौद्रिक नीतिमा पूँजीकोष बढाउने गरी केहि लचिलो व्यवस्था गरेपछि बैंकहरु थप पूँजी जुटाउन अग्राधिकार शेयर जारी गर्न थालेका हुन्।

    images
    images

    जसअनुसार चार ओटा अलग–अलग बैंकहरुले अग्राधिकार शेयर जारी गर्ने तयारी गरेका छन् । हालसम्ममा तीन वटा वाणिज्य बैंक र एउटा विकास बैंकले अग्राधिकार शेयर जारी गर्ने योजना बनाएका छन् ।

    नबिल बैंक, एनएमबि बैंक,एनआईसी एशिया बैंक र कामना सेवा विकास बैंकले कुल १३ करोड ३५ लाख कित्ता अग्राधिकार शेयर जारी गर्न लागेका हुन् ।पूँजीकोषको दबाबका कारण व्यवसाय विस्तार गर्न बाधा पुगेपछि कम्पनीहरु अग्राधिकार शेयर जारी गर्ने योजनामा लागेका हुन्। 

    नबिल बैंकले भने ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव गत भदौ १७ गते बसेको विशेष साधारणसभाबाट पारित गरेको छ । कम्पनीलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर” जारी गर्ने बाटो खुल्ने छ ।

    व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजीको माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले अग्राधिकार शेयर जारी गर्न लागिएको कम्पनीको भनाइ छ। 

    उता एनआईसी एशिया बैंकले पनि ५ करोड कित्ता अग्राधिकार शेयर जारी गर्ने तयारी गरेको छ । यसको ब्याजदर ८.५ प्रतिशत छ ।

    त्यस्तै एनएमबि बैंकले ३ करोड कित्ता अगा्रधिकार शेयर निष्कासन गर्ने योजना बनाएको छ । कम्पनीले गत भदौ १४ गते बसेको सञ्चालक समिति बैठकबाट १०० रूपैयाँका दरले ३ करोड इकाई (३ अर्ब रूपैयाँ बराबरको) अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो ।कम्पनीको ब्याजदर भने ८.२५ प्रतिशत छ ।

    त्यस्तै विकास बैंकतर्फ कामना सेवा विकास बैंकले पनि अग्राधिकार ३५ लाख कित्ता अग्राधिकार शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीको ब्याजदर ९ प्रतिशत छ । ती चार वटा कम्पनीले जारी गर्न लागेको ननक्युमुलेटिभ अग्राधिकार शेयर हुन् ।

    जुन वर्ष नाफा भएको हो, त्यही वर्ष मात्र लाभांश बाँडिने शेयरलाई ननक्युमुलेटिभ अग्राधिकार शेयर भनिन्छ । लगानीयोग्य रकम जुटाउनको लागि गत आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई अग्राधिकार शेयर जारी गर्ने बाटो खोलिदिएको थियो। सोहि व्यवस्थाअनुसार नबिल बैकलगायतका कम्पनीहरुले अग्राधिकार शेयर जारी गर्न लागेका हुन् ।

    नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले  नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरको मताधिकार नहुने भएकोले वर्तमान शेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिने बताएका छन्।  पूँजीकोष दबाबमा भएका बैंकलाई यस्तो शेयर जारी पश्चात केही सहज हुने अपेक्षा केन्द्रीय बैंकले गरेको छ ।

    यस्ता छन् राष्ट्र बैंकले गरेका लचक व्यवस्था

    (क) पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने ।

    (ख) असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने ।

    (ग) कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने ।

    (घ) विद्यमान रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमालाई २ करोडबाट बढाएर अधिकतम २ करोड ५० लाख कायम गर्ने ।

    (ङ) बैक तथा वित्तीय संस्थाले टायर २ क्यापिटल गणना गर्दा क्यापिटल एडुकेसि फ्रेमवर्क २०१५ को व्यवस्थाको अधीनमा रही कुल पुँजीकोष प्राथमिक पुँजीकोषको दोब्बरभन्दा बढी नहुने गरी रेगुलेटरी रिजर्भमा रहेका उपयुक्त रिजर्भ रकमहरुलाई टायर २ क्यापिटलको रुपमा गणना गर्न सकिने व्यवस्था गर्ने ।

    अग्राधिकार शेयर भनेको के हो ?

    कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर अर्थात् प्रिफिरेन्स शेयर भनिन्छ ।

    अग्राधिकार शेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण शेयर बापतको लाभांश बाँडिन्छ । कुनै पनि कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार शेयर जारी गर्दछ । साधारण शेयर बापतको लाभांश कम वा बढी हुने सम्भावना रहन्छ भने अग्राधिकार शेयरको लाभांश सधैं एउटै हुने सुनिश्चित हुन्छ । 

    यद्यपि कम्पनीले नाफा गर्न सकेन भने अग्राधिकार शेयरधनीले पनि लाभांश पाउँदैनन् । कम्पनी विघटनमा जाँदा पनि अग्राधिकार शेयरधनीलाई आफ्नो लगानी तथा लाभांश प्राप्त गर्ने पहिलो अधिकार चाहिँ हुन्छ । यही कारण साधारण शेयरभन्दा अग्राधिकार शेयरमा गरिएको लगानी सुरक्षित हुन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार