images
images

पहिलो महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे ४ अर्ब माथि कुल बीमाशुल्क, कुन कम्पनीले कति ?

पहिलो महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे ४ अर्ब माथि कुल बीमाशुल्क, कुन कम्पनीले कति ?

साउन महिनामा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले २ लाख २१ हजार ७१ वटा बीमा पोलिसी बिक्री गरेवापत ४ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

आइतवार, भदौ १६ २०८१
आइतवार, भदौ १६ २०८१
  • पहिलो महिनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे ४ अर्ब माथि कुल बीमाशुल्क, कुन कम्पनीले कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो महिना अर्थात साउनमा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब माथि कुल बीमाशुल्क आर्जन गरेका छन् । 

    images
    images

    बिमा कम्पनीहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउन महिनामा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क संलन गरेका हुन् । यस अवधीमा कम्पनीहरुले २ लाख २१ हजार ७१ वटा बीमा पोलिसी बिक्री गरेका छन् । 

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स आर्जन गरे सबैभन्दा धेरै, कम प्रभु इन्स्योरेन्स

    एक महिनाको अवधीमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरको छ । कम्पनीले यस अवधिमा ६३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको १४ प्रतिशत हिस्सा ओगटेको छ । 

    यस्तै, सबैभन्दा कम प्रभु इन्स्योरेन्सले आर्जन गरेको छ । यस कम्पनीले एक महिनाको अवधीमा १० करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको २.४७ प्रतिशत हिस्सा ओगटेको छ ।

    अन्य कुम कम्पनीले कति ? 

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स पछि सबैभन्दा धेरै अर्थात दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले ४५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको १०.६४ प्रतिशत हिस्सा ओगटेको छ । 

    तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ३६ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ८.६६ प्रतिशत हिस्सा ओगटेको छ ।

    त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३२ करोड ६० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ७.६५ प्रतिशत हिस्सा ओगटेको छ । 

    नेको इन्स्योरेन्स कम्पनीले ३१ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ७.४८ प्रतिशत हिस्सा ओगटेको छ । 

    आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३० करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कुल बीमाशुल्कको ७.१९ प्रतिशत हिस्सा हो । 

    त्यसैगरी ओरिएण्टल इन्स्योरेन्सले २९ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ६.८३ प्रतिशत हिस्सा ओगटेको छ । 

    नेपाल इन्स्योरेन्सले २८ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ६.७७ प्रतिशत हिस्सा ओगटेको छ । 

    राष्ट्रिय बीमा कम्पनीले २५ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ५.५८ प्रतिशत हिस्सा ओगटेको छ । 

    यूनाइटेड अजोड इन्स्योरेन्सले २५ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ५.९७ प्रतिशत हिस्सा ओगटेको छ ।

    यता, एनएलजी इन्स्योरेन्स कम्पनीले २४ करोड ९८लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ५.८६ प्रतिशत हिस्सा ओगटेको छ । 

    नेशनल इन्स्योरेन्सले २२ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ५.३४ प्रतिशत हिस्सा ओगटेको छ । 

    सानिमा जिआइसी इन्स्योरेन्सले १८ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको ४.३२ प्रतिशत हिस्सा ओगटेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार