images
images

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी एकै ठाउँबाट

एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी एकै ठाउँबाट

शुक्रवार, भदौ १४ २०८१
शुक्रवार, भदौ १४ २०८१
  • एनआईसी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी एकै ठाउँबाट
    images
    images

    काठाडौँ / एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्री गर्ने सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले बैंकिङ्ग सम्पत्तिहरू, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री गर्ने सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक गरेको हो । 

    बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमार्फत बैंकले लिलाम विक्री गर्ने सम्पत्तिहरू सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारे जानकारी प्राप्त हुनेछ । 

    यस अनलाइन पोर्टलमा ग्राहकहरूको सहजताका लागि लिलाम बिक्री सम्बन्धी  प्रकाशित गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिनेछ । 

    यसरी ग्राहकहरूले लिलाम विक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।

     बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा अब नियमित रूपमा बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम बिक्रीमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी सूचनाहरू प्रकाशित गरिने हुँदा इच्छुक ग्राहकहरूले अनलाइन पोर्टलको लिंक https://auctionassistance.nicasiabank.com बाटै विस्तृत विवरणहरू लिनसक्ने भई लाभदायी हुने बैंकले विश्वास लिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार