images
images

शेयर बजारमा सामान्य बृद्धि हुँदा १३ अर्ब ७२ करोड माथिको कारोबार, कसले कति कमाए ?

शेयर बजारमा सामान्य बृद्धि हुँदा १३ अर्ब ७२ करोड माथिको कारोबार, कसले कति कमाए ?

बुधवार, भदौ १२ २०८१
बुधवार, भदौ १२ २०८१
  • शेयर बजारमा सामान्य बृद्धि हुँदा १३ अर्ब ७२ करोड माथिको कारोबार, कसले कति कमाए ?

    काठमाडौँ / आज बुधबार शेयर बजार सामान्य बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार आज बजार ३.८० अङ्कले बढेर २ हजार ७८६.४० को बिन्दुमा कायम भएको छ । 

    images
    images

    आज ९७ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने १४३ कम्पनीको शेयर मूल्य घटेको छ । ४ कम्पनीको शेयर मूल्यमा भने कुनै पनि परिवर्तन देखिएको छैन । 

    यसदिन ३२६ वटा कम्पनीको १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ बराबरको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर कारोबार भएको छ ।

    यी १० कम्पनीको उच्च कारोबार

    सामान्य बढेको बजारमा आज चन्द्रगिरी हिल्सको सर्वाधिक कारोबार भएको छ। यस कम्पनीको ४३ करोड ७ लाखको शेयर कारोबार भएको छ । यस्तै, नेपाल फाइनान्सको ४१ करोड ५९ लाखको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको ३८ करोड १० लाखको शेयर कारोबार भएको छ । 

    त्यसैगरी, अपी पावरको ३३ करोड ९७ लाख, अरुण भ्याली हाइड्रोपावरको ३२ करोड २० लाख, एचआईडीसीएलको ३१ करोड ८१ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको २७ करोड ९१ लाख रुपैयाँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को २५ करोड ५० लाख, हिमाल दोलखा हाइड्रोपावरको २३ करोड ४४ लाख र शिवम सिमेन्टको २३ करोड ३१ लाखको को शेयर कारोबार भएको छ । 

    तीन कम्पनीको शेयर १० प्रतिशतले बढ्यो 

    आज सबैभन्दा धेरै लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.८८ प्रतिशतका दरले गुमाएका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार