images
images

योगेशले ‘हिंसा’ शब्द प्रयोग गरेपछि सदनमा हँगामा, पक्ष र प्रतिपक्षबिच भयो भनाभन

योगेशले ‘हिंसा’ शब्द प्रयोग गरेपछि सदनमा हँगामा, पक्ष र प्रतिपक्षबिच भयो भनाभन

बुधवार, भदौ १२ २०८१
बुधवार, भदौ १२ २०८१
  • योगेशले ‘हिंसा’ शब्द प्रयोग गरेपछि सदनमा हँगामा, पक्ष र प्रतिपक्षबिच भयो भनाभन

    काठमाडौँ / नेकपा एमाले सांसद योगेश भट्टराईले विशेष समयमा बोल्ने क्रममा ‘हिंसा’ शब्द प्रयोग गरेपछि सदनमा हँगामा भएको छ । 

    images
    images
    images
    images

    बुधबार बसेको प्रतिनिधि सभा बैठकमा भट्टराईले माओवादी अध्यक्ष प्रचण्डले मङ्गलबार दिएको अभिव्यक्तिप्रति काउन्टर जवाफ दिएका थिए । सो क्रममा ‘हिंसा’ शब्द प्रयोग गरेपछि नेकपा माओवादीले नियमापत्ति जनाएको हो ।  

    भट्टराई बोल्दाबोल्दै माओवादी सांसद माधव सापकोटाले नियमापत्ति जनाएका थिए । त्यसपछि भट्टराईले  ‘हिंसै हो, हिंसा हो, हिंसा हो’ भन्ने अभिव्यक्ति दिएका थिए । 

    सापकोटाले मान्दैनौँ भनेपछि भट्टराईले “हाम्रो परिभाषा हो उहाँले नमाने पनि केही फरक पर्दैन” भन्ने अभिव्यक्ति दिए ।  सापकोटाले संविधानले कहाँ हिंसा भन्छ भन्दै प्रश्न गरेपछि माओवादीका अन्य सांसदहरूले समेत उठेर आपत्ति जनाएका थिए । 

    त्यसपछि पुनः भट्टराईले “अर्कालाई बोल्न नदिनु पनि हिंसा हो । तपाईँको धम्कीले कोही डराउँदैन । धम्कीले कोही डराउँदैन, हिंसा हो,” भनेका थिए ।   

    त्यसपश्चात् माओवादी सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रियालाई लत्याउने संविधान विरोध काम भएको भन्दै शब्द रेकर्डबाट हटाउन माग गरे । 

    त्यसपछि सभामुखले संसद्को मर्यादालाई ख्याल गर्नु भन्दै आशनग्रहण गर्न निर्देशन दिएका थिए ।

    पुनः भट्टराईले बोल्न सुरु गरेपछि नेकपा माओवादीका सचेतक हितराज पाण्डेले समय माग गरेका थिए । 
    सभामुखले उनलाई समय दिन अस्वीकार भएपछि सापकोटाले प्रतिवाद गरेका थिएन । त्यसपछि भट्टराईले आफूले गलत कुरा नगरेको जिकिर गरेका थिए । 
    सो पश्चात भट्टराईलाई सभामुखले बस्न निर्देशन दिँदै सचेतक पाण्डेलाई बोल्न समय दिएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार