images
images

अटो मोवाइल्स क्षेत्रका लागि १० वर्षे स्थिर नीति चाहिन्छ : नाडा अध्यक्ष चौधरी

अटो मोवाइल्स क्षेत्रका लागि १० वर्षे स्थिर नीति चाहिन्छ : नाडा अध्यक्ष चौधरी

मंगलवार, भदौ ११ २०८१
मंगलवार, भदौ ११ २०८१
  • अटो मोवाइल्स क्षेत्रका लागि १० वर्षे स्थिर नीति चाहिन्छ : नाडा अध्यक्ष चौधरी
    images
    images

    काठमाडौँ / नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटो मोवाइल्स व्यवसायीहरूले १० बर्षे स्थिर नीति चाहेको बताएका छन् । काठमाडौँको भृकुटी मण्डमा आजदेखि सुरु भएको नाडा अटो शोको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् । 

    सानो ट्रेडिङबाट अटो व्यवसायीहरू उद्योगीतिर बिकास भएको बताउँदै उनले सरकारले पोलिसीमा फोकस गर्नुपर्ने उल्लेख गरेका छन् । 

    उनले भने, “अटोमोवाइस्ल व्यवसायीहरूलाई केही चाहिँदैन नीतिगत स्थ्रिता हुनुपर्यो ।” सरकारकै नीतिका कारण व्यवसायीहरू ठूलो मारमा परिरहेको र अब के होला भन्ने त्राससमेत रहेको उनको भनाइ छ । 

    अटो क्षेत्रलाई प्राथमिकता दिन उनको माग छ । “अटो क्षेत्र एकादेशको कथा नहोस् । पाँच हजार व्यवसायीहरू घटेर तीन हजार पुगेका छन् ।”

    NEWS NADA.JPG

    अटो बिलासितामा मात्रै सीमित नरही अहिलेको प्रमुख आवश्यकता बनेको उनले बताए । मौद्रिक नीतिले अटो क्षेत्र समेटन् नसकेको गुनासो गर्दै उनले भने, “१० बर्षे परियोजना चाहियो। हामीलाई नेपालमा बस्नु छ। काम गर्नु छ ।” 

    व्यवसायीहरू अटो क्षेत्र लगानी गर्न तत्पर रहेको र चार्जिङ स्टेसन थपिरहेका उनले बताए । 

    सरकारले प्रदुषण कम गर्न प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा अटो मोबाइल्स क्षेत्रको कुम्भ मेला मानिने ‘नाडा अटो शो’ आजबाट सुरु भएको हो । 

    काठमाडौँको भृकुटी मण्डमा हुने नाडा अटो शो २०२४ भदौ ११ गतेसम्म चल्नेछ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार