images
images

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

सोमवार, भदौ १० २०८१
सोमवार, भदौ १० २०८१
  • आँखुखोला जलविद्युतको हकप्रद शेयरमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    काठमाडौँ / आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर खरीदका लागि पुनः सूचना जारी गरेको छ । 

    images
    images

    कम्पनीले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि १५० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो ।

    हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरेकाले असार ३१ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद खरीद गर्न योग्य छन् । भदौ १६ गतेसम्म मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।

    कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रुपैयाँको आधारमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गरेको हो । 

    १५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ । 

    विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

    हकप्रद शेयर निष्कासन प्रयोजनका लागि गराइएको रेटिङमा ईक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर बी माइनस रेटिङग प्रदान गरेको छ ।

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण कम्पनीले सार्वजनिक गरेको छैन । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो कम्पनी २५ लाख ७२ हजार रुपैयाँभन्दा बढी नाफामा रहेको छ ।

    उक्त अवधिसम्म कम्पनीले विद्युत् विक्रीबाट १४ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । 

    तेस्रो त्रैमाससम्म १ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी दायित्व रहेको कम्पनीको सम्पत्ति भने १ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी छ । 

    यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ४३ पैसा र प्रतिशेयर नेटवर्थ ६९ रुपैयाँ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार