images
images

प्रभु महालक्ष्मी लाइफद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा, बोनसपछि ७ प्रतिशत हकप्रद जारी गर्ने

प्रभु महालक्ष्मी लाइफद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा, बोनसपछि ७ प्रतिशत हकप्रद जारी गर्ने

सोमवार, भदौ १० २०८१
सोमवार, भदौ १० २०८१
  • प्रभु महालक्ष्मी लाइफद्वारा १०.५३ प्रतिशत लाभांश घोषणा, बोनसपछि ७ प्रतिशत हकप्रद जारी गर्ने

    काठमाडौँ / प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

    images
    images

    कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ छ ।

    सोही पूँजीको आधारमा १७ प्रतिशत हकप्रद शेयर निष्कासनको तयारीमा रहेको कम्पनीले १० प्रतिशत बोनस शेयरपछि कायम चुक्तापूँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँको आधारमा ७ प्रतिशत मात्र हकप्द शेयर निष्कासन गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । 

    नेपाल धितोपत्र बोर्डबाट हालसम्म पनि कम्पनीको १७ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव स्वीकृत नभएको अवस्थामा हकप्रद शेयर निष्कासन गर्ने निर्णय पुनरावलोकन गर्ने कम्पनीले निर्णय गरेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार