images
images

‘नाडा अटो शो’को मुखैमा भित्रिए ३८० वटा इभि, कुन क्षमताको कति ?

‘नाडा अटो शो’को मुखैमा भित्रिए ३८० वटा इभि, कुन क्षमताको कति ?

आइतवार, भदौ ९ २०८१
आइतवार, भदौ ९ २०८१
  • ‘नाडा अटो शो’को मुखैमा भित्रिए ३८० वटा इभि, कुन क्षमताको कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८१८२ को पहिलो महिना अर्थात् साउनमा ३ सय ८० वटा विद्युतीय सवारी (कार, भ्यान, जिप) भित्रिएका छन् । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार एक महिनामा ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरको ३८० वटा विद्युतीय सवारी (कार, भ्यान, जिप) भित्रिएका हुन् । 

    खासगरी दसैँ तिहार बजारका लागि लक्षित गर्दै सवारी तथा अन्य मालवस्तु आयात हुने साउन, भदौ र असोज महिनालाई विशेष मान्ने गरिन्छ । 

    यहीँ सुरुवाती महिनामा ३८० वटा विद्युतीय गाडी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । जसबाट राज्यले कूल ५२ करोड १८ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

    पछिल्लो महिना भित्रिएको सबैजसो गाडी नाडा लक्षित रहेको बुझिएको छ । त्यसो त गतवर्ष ऐतिहासिक १३ हजार बढी विद्युतीय गाडी आयात भइसकेकोमा नाडाकै लागि भनेर थप गाडी ल्याउने स्थिति देखिँदैन । 

    तर, नयाँ ब्राण्ड र उत्पादन प्रदर्शन गर्न भने व्यवसायीहरुले स्याम्पल पिसका लागि केही महंगा र आकर्षक विद्युतीय गाडीहरु ल्याइरहेका छन् । 

    कुन क्षमताको कति भित्रिए ? 

    नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिकिा र इन्डोनेसिया लगायतका मुलुकहरुबाट विद्युतीय गाडी आयात हुने गरेको छ । 

    हाल ती मुलुकहरुबाट ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका इभि आयात हुँदै आएका छन् । 

    हाल नेपालमा विश्व बजारका लोकप्रिय ब्रान्डको विद्युतीय कार, जिप, भ्यानहरू उपलब्ध छन् । हाल बिवाइडी, हुण्डाई, किया, महिन्द्रा, टाटा, एमजी र जस्ता चर्चित ब्रान्डको विद्युतीय कारहरू नेपालमा धेरै लोकप्रिय छन् ।

    साउनमा ५० किलोवाटका १६१ वटा, ५१ देखि १०० किलोवाटका २१६ वटा, १०१ देखि २०० किलोवाटसम्मका १०१ वटा विद्युतीय सवारी आयात भएका छन् । 

    विभागका अनुसार २०१ देखि ३०० किलोवाटका भने २ वटा मात्रै आयात भएको छ । यस्तै, ३०० किलोवाट भन्दा बढी मोटर पिक पावर भएको भने एक वटा मात्रै आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ।

    साउनमा चीनबाट सबैभन्दा धेरै ५५ करोड ६२ लाख रुपैयाँ बराबरको २०१ वटा इभी आयात भएको छ । यस्तै, भारतबाट ३२ करोड ७६ लाख बराबरको १७८ वटा र जर्मनबाट १ वटा मात्रै इभि आयात भएको छ ।

    आयात भएका उक्त गाडी अटो शोमा देख्न पाइने 

    नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले यहीँ भदौ ११ गतेदेखि १६ गतेसम्म १६ औं संस्करणको नाडा अटो शोको आयोजना गर्दैछ । 

    अटो शो आयोजना अगावै विद्युतीय सवारीको आयातले प्राथमिकता पाएका छ । आयात भएर आएका उक्त गाडी अटो शोमा पनि देख्न पाइने बताइएको छ ।

    यद्यपि, अटो शो लक्षित मात्रै नभई बजार माग अनुसार नै ईभी गाडीहरू आयात भएको व्यवसायीहरु बताउँछन् । पछिल्लो समय नेपालमा विद्युतीय सवारीप्रतिको क्रेज अत्याधिक बढ्दो छ ।

    बृहत प्रदर्शनीमा वटा २४ चारपाङ्ग्रे बान्डहरू, १९ वटा दुई पाङ्गे १२ हल्का व्यावसायिक सवारी साधन बान्डहरू प्रदर्शन गरिने नाडाले जनाएको छ।

    यस्तै, ३३ कम्पनीहरू जुन सुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटी कम्पीनेन्टहरूमा विशेषज्ञ छन् । यो वर्षको नाडा अटो शोमा पनि इलेक्ट्रिक गाडीहरुकै चहलपहल हुने पक्का भएको छ । 

    यो वर्षमा यसअघिका शो भन्दा धेरै विद्युतीय गाडी नै सहभागि हुने नाडाले जनाएको छ । झन्डै प्रदर्शनीमा झन्डै ७० प्रतिशत इलेक्ट्रिक गाडी सहभागि हुँदैछन् ।

    नाडाका अनुसार बीवाईडीको एम सिक्स, हुन्डाईको क्रेटा फेस लिफ्ट टाटा पन्च ईभी, डिपल एल जेरो सेभेन, भिनफाष्टको भीएफ फाईभ, केई, जिकर, लुमिन लगायतका ब्राण्डहरु प्रदर्शनीमा राख्न लागिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार