images
images

रामेछाप दोरम्बा शैलुङ पहिरो : ६ जनाको शव भेटियो, एक जना घाइते

रामेछाप दोरम्बा शैलुङ पहिरो : ६ जनाको शव भेटियो, एक जना घाइते

आइतवार, भदौ ९ २०८१
आइतवार, भदौ ९ २०८१
  • रामेछाप दोरम्बा शैलुङ पहिरो : ६ जनाको शव भेटियो, एक जना घाइते

    रामेछाप / दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएका ६ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार एकजना घाइते छन् भने केही बेपत्ता छन् । 

    images
    images

    घाइते भएकी एघार वर्षीय अञ्जना श्रेष्ठको कम्मरभन्दा मुनिको भाग चलेको छैन । 

    मृत्यु भएकामध्ये दुई जनाको मात्रै सनाखत भएको छ। पहिरोमा परी मृत्यु हुनेमा ३० वर्षकी चण्डिका श्रेष्ठ र उनका १८ महिनाका शिशु आनुष श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ।

    पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ । घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटिरहेको प्रहरीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार