images
images

साताको अन्तिम दिन सामान्य अङ्कले बढ्यो नेप्से, १९ अर्ब १६ करोड बढीको कारोबार हुँदा कसले कति कमाए ?

साताको अन्तिम दिन सामान्य अङ्कले बढ्यो नेप्से, १९ अर्ब १६ करोड बढीको कारोबार हुँदा कसले कति कमाए ?

बिहिवार, भदौ ६ २०८१
बिहिवार, भदौ ६ २०८१
  • साताको अन्तिम दिन सामान्य अङ्कले बढ्यो नेप्से, १९ अर्ब १६ करोड बढीको कारोबार हुँदा कसले कति कमाए ?

    काठमाडौँ / साताको अन्तिम कारोबारको दिन अर्थात आज बिहिबार शेयर बजार सामान्य अङ्कले बढेर बन्द भएको छ । 

    images
    images

    आज शेयर बजार नेप्से परिसूचक ६.०१ अंकले बढेर २ हजार ९७४ को विन्दुमा कायम भएको छ । 

    हिजो अर्थात बुधबार नेप्से परिसूचक २.११ अङ्क अर्थात ०.०७ प्रतिशतले बढेर २ हजार ९ सय ६८.४४ बिन्दुमा उक्लिएको थियो । 

    आज दिनभरिमा ३३३ कम्पनीको ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर किनबेच हुँदा १९ अर्ब १६ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    बुधबार ३३७ ओटा कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७९२ रुपैयाँ बराबरको कारोबार भएको छ । 

    आज १३२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ कम्पनीको शेयर मूल्य घटेको छ ।

    शाइन रेसुङगाको सबैभन्दा धेरै कारोबार 

    आज सबैभन्दा धेरै शाइन रेसुङगा डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ करोड ३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    अरुण भ्याली हाइड्रोको ४७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ४४ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक

    आज सबैभन्दा धेरै तारागाउँ रेजेन्सी, नारायणी डेभलपमेन्ट बेंक, ज्योति विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र थ्री स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ७ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

    यी कम्पनीका लगानीकर्ताले गुमाए सार्वधिक

    आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यस बैंकका डिबेञ्चर इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार