images
images

२.११ अङ्कले बढेको शेयर बजारमा १८ अर्ब ९० करोड बढीको कारोबार, कसले कति कमाए ?

२.११ अङ्कले बढेको शेयर बजारमा १८ अर्ब ९० करोड बढीको कारोबार, कसले कति कमाए ?

बुधवार, भदौ ५ २०८१
बुधवार, भदौ ५ २०८१
  • २.११ अङ्कले बढेको शेयर बजारमा १८ अर्ब ९० करोड बढीको कारोबार, कसले कति कमाए ?

    काठमाडौँ / आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अङ्कले बढेको छ । 

    images
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार आज नेप्से परिसूचक २.११ अङ्क अर्थात ०.०७ प्रतिशतले बढेर २ हजार ९ सय ६८.४४ बिन्दुमा उक्लिएको छ । 

    नेप्सेको अनुसार आज सेन्सेटिभ इन्डेक्स १.२५ अङ्क अर्थात ०.२३ प्रतिशतले बढेर ५३०.११ बिन्दुमा उक्लिएको छ भने फ्लट इन्डेक्स ०.१८ अङ्क अर्थात ०.०९ प्रतिशतले बढेर २०४.८१ बिन्दुमा पुगेको छ । 

    त्यस्तै, सेन्सेटिभ फ्लट इन्डेक्स भने आज ०.८१ अङ्क अर्थात ०.४६ प्रतिशतले बढेर १७६.०३ बिन्दु कायम भएको छ ।

    आज बुधबार ३३७ ओटा कम्पनीको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता सेयर १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७९२ रुपैयाँ बराबरको कारोबार भएको छ । 

    हिमालयन रिइन्स्योरेन्सको कारोबार सबैभन्दा धेरै

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    यस्तै, अपी पावर कम्पनीको ४५ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ४५ करोड माथिको शेयर कारोबार भएको छ ।

    3.PNG

    यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक

    आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

    1.PNG

    कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाए सार्वधिक

    आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

    2.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार