images
images

भारतीय प्रधानमन्त्री मोदी रुसबाट फर्किएपछि किन जाँदैछन् युक्रेन ? रुससँगको सम्बन्ध के होला ?

भारतीय प्रधानमन्त्री मोदी रुसबाट फर्किएपछि किन जाँदैछन् युक्रेन ? रुससँगको सम्बन्ध के होला ?

मंगलवार, भदौ ४ २०८१
मंगलवार, भदौ ४ २०८१
  • भारतीय प्रधानमन्त्री मोदी रुसबाट फर्किएपछि किन जाँदैछन् युक्रेन ? रुससँगको सम्बन्ध के होला ?

    गत महिना मात्रै प्रधानमन्त्री नरेन्द्र मोदी रुस भ्रमणमा गएका थिए । युक्रेनमा रुसी आक्रमणपछि प्रधानमन्त्री मोदीको यो पहिलो रुस भ्रमण हो ।

    images
    images

    मस्को पुग्नेबित्तिकै प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनले एकअर्कालाई अँगालो हाल्दा पश्चिमा मिडियामा यसको चर्को आलोचना भएको थियो ।

    युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पुटिन र मोदीबीचको त्यो सम्बन्ध मन परेको थिएन । 

    जेलेन्स्कीले जुलाई ९, २०२४ मा यस विषयमा आपत्ति जनाउँदै भनेका थिए, “आज रुसको मिसाइल आक्रमणमा ३७ जनाको मृत्यु भएको थियो जसमा तीन बालबालिका पनि थिए।” 

    रुसले युक्रेनको सबैभन्दा ठूलो बाल अस्पतालमा आक्रमण गरेको छ ।

    यस्तो दिन विश्वकै सबैभन्दा प्रजातान्त्रिक मुलुक भारतका प्रधानमन्त्रीले मस्कोमा विश्वकै सबैभन्दा हत्यारा अपराधीलाई अँगालो हाल्नु शान्ति स्थापनाका प्रयासका लागि ठूलो निराशाजनक रहेको आरोप उनले झेलेका थिए । 

    यो घटना भएको करिब डेढ महिनापछि प्रधानमन्त्री मोदी युक्रेन भ्रमणमा जाँदैछन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २३ मा युक्रेन भ्रमणमा जानेछन् । भारतीय प्रधानमन्त्रीले युक्रेन भ्रमण गरेको ३० वर्षमा यो पहिलो पटक हो ।

    धेरैले मोदीको युक्रेन भ्रमणले रुसलाई असहज बनाउन सक्छ भन्ने विश्वास गर्छन् तर यसको जवाफमा यो पनि भन्न सकिन्छ कि भारत पनि राष्ट्रपति पुटिनको चीन भ्रमणबाट खासै सहज छैनन्।

    प्रधानमन्त्री मोदीको यो भ्रमण यस्तो समयमा भइरहेको छ जब युक्रेनले हालै रुसी सीमामा प्रवेश गरी आक्रमणलाई तीब्र बनाएको छ ।

    युक्रेनले रुसका केही क्षेत्र पनि आफ्नो नियन्त्रणमा लिएको छ । रुसले छिट्टै युक्रेनमा ठूलो आक्रमण गर्न सक्ने आशंका गरिएको छ ।

    यस्तो अवस्थामा भारतीय प्रधानमन्त्री मोदीको युक्रेन भ्रमणको समयको चर्चा भइरहेको छ र प्रश्न उठिरहेको छ कि परिस्थिति बिग्रिएको बेला प्रधानमन्त्री मोदी किन युक्रेन जान लागेका हुन् ? 

    के भन्छन् विज्ञ ?

    अन्तर्राष्ट्रिय मामिलाका विज्ञ ब्रह्म चेल्लानीले ट्वीट गर्दै भनेका छन्, “अगस्ट २३ मा युक्रेन भ्रमणमा जानु भनेको खराब समय मात्र होइन, यसको उद्देश्य पनि स्पष्ट छैन।”

    युक्रेनको पछिल्लो आक्रमणले युद्धविरामको प्रयासलाई धक्का दिएको छ। युक्रेन स्वतन्त्र भएपछि कुनै पनि भारतीय प्रधानमन्त्रीले भ्रमण गरेका छैनन्।

    प्रधानमन्त्री मोदीको युक्रेन जाने कुनै ठोस कारण छैन। विशेष गरी जब युद्धका कारण तनाव बढेको छ।

    अन्तर्राष्ट्रिय मामिलाका विज्ञ ब्रह्म चेल्लानीले ट्वीट गर्दै भनेका छन्, “अगस्ट २३ मा युक्रेन भ्रमणमा जानु भनेको खराब समय मात्र होइन, यसको उद्देश्य पनि स्पष्ट छैन।”

    युक्रेनको पछिल्लो आक्रमणले युद्धविरामको प्रयासलाई धक्का दिएको छ। युक्रेन स्वतन्त्र भएपछि कुनै पनि भारतीय प्रधानमन्त्रीले भ्रमण गरेका छैनन् । 

    प्रधानमन्त्री मोदीको युक्रेन जाने कुनै ठोस कारण छैन। विशेष गरी जब युद्धका कारण तनाव बढेको छ।

    अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ प्रवीण साहनीले लेखेका छन्, “जब युक्रेनको डोनबासमा धेरै मोर्चाहरूमा रुसी सेनाको आक्रमण तीव्र भएको छ, तब पीएम मोदीको युक्रेन भ्रमणको उद्देश्य के हो ?”

    यसैगरीजेएनयूका प्रोफेसर ह्याप्पीम्यान जेकबले लेखेका छन् “किन युक्रेन भ्रमणमा जाँदैछन् प्रधानमन्त्री मोदी ?  जवाफमा, प्रोफेसर जेकबले विदेशमन्त्री एस जयशंकरको पुस्तक ‘द इन्डिया वे’को अंश साझा गरेका छन्।

    यस अंशका अनुसार, “उदीयमान शक्तिहरूले विश्वव्यापी विरोधाभासहरूले सिर्जना गरेका अवसरहरूलाई स्वीकार गर्छन् र उनीहरूको राष्ट्रिय हितलाई अगाडि बढाउन प्रयोग गर्छन्।”

    सन् २०२२ को फेब्रुअरीमा रुस–युक्रेन युद्ध सुरु भएयता प्रधानमन्त्री मोदी र जेलेन्स्कीबीच दुईपटक भेट भइसकेको छ ।

    मे २०२३ मा मोदी र जेलेन्स्कीबीच जापानमा भेट भएको थियो । जुन २०२४ मा दुवै नेताले इटालीमा भेटेका थिए ।

    रक्षा विशेषज्ञ ब्रह्मा चेल्लानीले लेखेका छन्, ूयस बेला मोदीको युक्रेन भ्रमण निकै खराब साबित हुन सक्छ।ू युक्रेनमा घुसपैठ गरेपछि रुसले त्यहाँ ठूलो आक्रमणको तयारी गरिरहेको छ । अमेरिकालाई यहाँ युद्धविराममा कुनै चासो छैन।

    बंगलादेशको सन्दर्भमा ब्रह्मा चेलानीले मोदीलाई भारतले सामना गरिरहेका चुनौतीहरूमा ध्यान दिन सल्लाह दिएका छन्।
    बीबीसीबाट 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार