काठमाडौँ / सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ ।
कम्पनीले साउन १६ गते बाँडफाँट गरेको ४६ लाख ७२९ दशमलव ५४५० कित्ता एफपीओ आइतबार दोस्रो बजारमा सूचीकृत गराएको हो ।
सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारयोग्य हुने यी शेयर आगामी दुई कारोबार दिन सार्वजनिक विदाका कारण बजार बन्द हुने भएकाले बुधवारदेखि कारोबारमा आउनेछ ।
हाल दोस्रो बजारमा सूचीकृत यस कम्पनीको एफपीओ हालकै मूल्यमा कारोबारमा आउनेछ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९५० रूपैयाँ रहेको छ । कम्पनीको एफपीओ प्रतिकित्ता १०० रुपैयाँमा बिक्री गरिएको हो ।