images
images

लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउनु हुँदैन : अध्यक्ष नेपाल

लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउनु हुँदैन : अध्यक्ष नेपाल

शनिवार, भदौ १ २०८१
शनिवार, भदौ १ २०८१
  • लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउनु हुँदैन : अध्यक्ष नेपाल

    काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्ष र जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन नहुने बताएका छन् । 

    images
    images

    पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य नहुने बताए । 

    नेपाली जनताको मुक्ति र नेपाली समाजको रूपान्तरणका लागि स्थापित कम्युनिष्ट पार्टी अहिले विभिन्न रूपमा विभाजित भएकाले विगतका कमजोरीलाई सच्याएर एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो । 

    सो कार्यक्रममार्फत जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरू विशेश्वर यादव, धनेश्वर यादव, कुलदीप यादवलगायत नेताहरू नेकपा (एस)मा प्रवेश गरेका थिए ।

    विशेश्वर यादव जसपा धनुषा क्षेत्र नम्बर २ (क)का पार्टी इन्चार्ज रहेका छन् भने धनेश्वर यादव धनुषा कमलानगर नगरपालिका–३ का पूर्व वडाध्यक्ष हुन् । अध्यक्ष नेपाल, पार्टीका केन्द्रीय सदस्य रामचन्द्र झा, सोमप्रसाद पाण्डे, केदार सञ्जलले उनीहरूलाई पार्टीमा स्वागत गरे । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार