images
images

गट्ठाघर दुर्घटना : सिसिटिभी फुटेजसँगै बाहिरियो घटनाको सत्यतथ्य, यस्तो छ बास्तविकता

गट्ठाघर दुर्घटना : सिसिटिभी फुटेजसँगै बाहिरियो घटनाको सत्यतथ्य, यस्तो छ बास्तविकता

शुक्रवार, साउन ३२ २०८१
शुक्रवार, साउन ३२ २०८१
  • गट्ठाघर दुर्घटना : सिसिटिभी फुटेजसँगै बाहिरियो घटनाको सत्यतथ्य, यस्तो छ बास्तविकता

    काठमाडौँ / भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा भएको दुर्घटनाको सिसिटिभी फुटेज बाहिरिएको छ । फुटेज अनुसार दुर्घटनामा परेको स्कुटर र ट्रक दुबैलाई ट्राफिक प्रहरीले नरोकेको देखिएको हो।

    images
    images

    सीसीटीभी फुटेजमा समेत ट्राफिकले स्कुटरलाई रोकेको देखिँदैन ।

    दिउँसो १ः५९ बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । 

    दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक ड्युटीमा खटिएको सीसीटीभी फुटेजमा देखिन्छ। सोही क्रममा काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले आफूभन्दा अघि रहेका स्कुटरलाई किच्दै अघि बढेको देखिन्छ ।

    स्कुटर देब्रेतर्फ उछिटिन्छ भने स्कुटरमा सवार पुरुषलाई घिर्सादै ट्रक केही मिटर पर पुगेर रोकिएको फुटेजमा देखिन्छ ।

    घटनापछि त्यहाँ उभिएका ३ जनामध्ये एक जना ट्राफिक प्रहरी दौडिँदै ट्रकतर्फ अघि बढ्छन् । एक ट्राफिक दौडिएपछि अरु दुई ट्राफिक पनि पछि पछि गएका हुन्छन् । 

    लगत्तै ट्रक रोकिन्छ र एक व्यक्ति ट्रकबाट ओर्लिएको देखिन्छ । यो दुर्घटनामा परेर ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ खहरे घर भइ काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको मृत्यु भएको छ । 

    उनको शव आफन्तले सनाखत समेत गरिसकेका छन् भने ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

    प्रत्यक्षदर्शीहरुले ट्राफिकले जाँच गर्ने क्रममा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिएको भन्दै बिहीबार प्रदर्शन गरेका थिए । 

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले दुर्घटनामा परेको स्कुटरलाई ट्राफिकले नरोकेको बताउँदै आएका थिए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार