images
images

मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन : तीन महिनामा कीर्तिमान राख्ने योजना ल्याउनुस्

मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन : तीन महिनामा कीर्तिमान राख्ने योजना ल्याउनुस्

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • मन्त्री र सचिवहरूलाई प्रधानमन्त्री ओलीको निर्देशन : तीन महिनामा कीर्तिमान राख्ने योजना ल्याउनुस्

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई तीव्र विकासको लहर ल्याउने तथा नयाँ कीर्तिमान राख्ने ठोस योजना ल्याउन निर्देशन दिएका छन् । 

    images
    images

    मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै सरकारको सय दिनभित्र गरिने मूख्य कामबारे सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । 

    बजेट कम भए पनि सुशासन कायम गर्दै फटाफट काम गरेमा शत प्रतिशत विकास खर्च गरेर अर्थतन्त्र चलायमान बनाउन सकिने प्रधानमन्त्री ओलीले बताए ।

    “हामी जागिर खाइरहेका छैनौँ, हामी देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौँ”, उनले भने, “भावी सन्ततिका लागि काम गरिरहेका छौं । यो सेवा हाम्रो तलबसँग तुलना हुन सक्दैन ।” 

    उनले सरकारको लक्ष्य निर्धारण काल्पनिक हुन नहुने पनि बताए ।

    “लक्ष्य निर्धारण वस्तुगत होस् । पूरा गर्न कठिन हुन्छ भनेर लक्ष्यहरू नै कमजोर राखिनु हुन्न, उनले भने, ‘हामीले कठिन मेहनतका साथ काम गरेर हरेक कुरामा लक्ष्यमा पुग्नुपर्छ,” उनले भने “अबका तीन महिनामा इतिहासका अरू कुनै तीन महिनाभन्दा बढी मेहनत गरेर काम गरौँ । धेरै काम गर्दा समस्या आउँला वा अख्तियारमा बयान दिनुपर्ला भनेर नडराऔँ । गल्ती वा भ्रष्टाचार गरिएन भने कुनै समस्या आउँदैन।” 

    एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा कामका लागि गएको फाइलमा बढीमा तीन दिनभित्र काम गर्न, सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिक निर्यातभन्दा पनि उद्यमशीलता र रोजगारी सृजनामा लाग्न, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रूपान्तरण गर्न, मातृशिशु स्वास्थ्यमा सुनौला हजार दिनको मान्यतालाई ध्यान दिन, समग्रमा मान्छेको आम्दानीको बाटो बढाउनसमेत उनले मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार