images
images

नेशनल लाइफले एक बर्षमा कमायो ४० करोड ६३ लाख नाफा, जीवन बीमा कोष ७७ अर्ब ९५ करोड पुग्यो

नेशनल लाइफले एक बर्षमा कमायो ४० करोड ६३ लाख नाफा, जीवन बीमा कोष ७७ अर्ब ९५ करोड पुग्यो

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • नेशनल लाइफले एक बर्षमा कमायो ४० करोड ६३ लाख नाफा, जीवन बीमा कोष ७७ अर्ब ९५ करोड पुग्यो

    काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० करोड ६३ लाख नाफा कमाएको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले एक बर्षको अवधीमा ४० करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यो नाफा गत आर्थिक बर्ष २०७९/८० को तुलनामा ६०.९२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    असार मसान्तसम्ममा कम्पनीले १९ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १४.३४ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ अर्ब ८० करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    यता, ५ अर्ब १ करोड शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा शेयर प्रिमियममा शिर्षकमा २ करोड रुपैयाँ माथि संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा ५६ करोड ९७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

    त्यस्तै, आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ६५ अर्ब ४० करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असारमसान्तको तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार १९.१९ प्रतिशतले वृद्धि भएर ७७ अर्ब ९५ करोड पुगेको छ ।

    कम्पनीले यस अवधिमा १८ अर्ब ७९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ अर्ब ४८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १३।९९ प्रतिशतले वृद्धि भएको हो ।

    कम्पनीले यस अवधिमा १८ अर्ब ७९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १३.९९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ अर्ब ४८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४२ करोड ५० लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड २ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

    समिक्षा अवधिमा कम्पनीले १ अर्ब ८३ करोड ३० लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५८ करोड २२ लाख रुपैयाँ खर्चिएको थियो ।

    यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८.११ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४४.२८ रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार