images
images

एक बर्षमा नेपाल माइक्रो इन्स्योरेन्सले कमायो २९ लाख ५४ हजार रुपैयाँ नाफा, अन्य सूचक कस्तो ?

एक बर्षमा नेपाल माइक्रो इन्स्योरेन्सले कमायो २९ लाख ५४ हजार रुपैयाँ नाफा, अन्य सूचक कस्तो ?

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • एक बर्षमा नेपाल माइक्रो इन्स्योरेन्सले कमायो २९ लाख ५४ हजार रुपैयाँ नाफा, अन्य सूचक कस्तो ?

    काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा नेपाल माइक्रो इन्स्योरेन्सले २९ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा २९.६४ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्ममा कम्पनीले ४१ लाख ९९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको महाविपत्ती कोषमा ३ लाख ६२ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्ग ३० लाख ९८ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ३६ लाख ५७ हजार रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीले ५ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

    त्यस्तै कम्पनीले ३ करोड ३० लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको छ । यस अवधिमा १ करोड ८५ लाख ३८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अभिकर्ता कमिशन मार्फत ३ लाख १४ हजार रुपैयाँ खर्चिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार