images
images

शेयर बजारमा दैनिक नयाँ रेकर्ड : नेप्से ३ हजार माथि, कारोबार रकम करिब ३० अर्ब पुग्यो

शेयर बजारमा दैनिक नयाँ रेकर्ड : नेप्से ३ हजार माथि, कारोबार रकम करिब ३० अर्ब पुग्यो

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • शेयर बजारमा दैनिक नयाँ रेकर्ड : नेप्से ३ हजार माथि, कारोबार रकम करिब ३० अर्ब पुग्यो

    काठमाडौँ / साताको अन्तिम कारोबारको दिन अर्था आज बिहिबार पनि नेप्सेमा उछाल आएको छ । 

    images
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार आज बिहिबार नेप्से परिसूचक ४३.०५ अङ्क अर्थात १.४५ प्रतिशतले बढेर ३०००.८१ बिन्दुमा उक्लिएको छ । 

    अघिल्लो कारोबारको दिन अर्थात बुधबार नेप्से परिसूचक ३४.२९ अङ्क अर्थात १.१७ प्रतिशतले बढेर २ हजार ९५७.७५ बिन्दुमा उक्लिएको थियो । यस्तै, म

    २०७८ माघ २० गते २ हजार ८७६.७४ विन्दुमा रहेको नेप्से त्यसयता माथि उक्लिन सकिरहेको थिएन । गत सातादेखि २८ सय बिन्दु पार गरेर तल झरेको नेप्से परिसूचक तीन हजार माथि उक्लिएसँगै बजार थप बढ्ने अनुमानले लगानीर्ताहरू उत्साहित छन् । 

    यसैगरी आज सेन्सेटिभ इन्डेक्स १६.०१ अङ्क अर्थात ३.०८ प्रतिशतले बढेर ५३५.५१ बिन्दुमा उक्लिएको छ भने फ्लट इन्डेक्स ४.०२ अङ्क अर्थात १.९८ प्रतिशतले बढेर २०६.८८ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लट इन्डेक्स भने आज ६.४४ अङ्क अर्थात ३.७८ प्रतिशतले बढेर १७६.७३ बिन्दु कायम भएको छ । 

    आज ३३४ ओटा कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३४ कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । 

    यसअघि अघिल्लो कारोबारको दिन अर्थात बुधबार ३३२ ओटा कम्पनीको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । 

    आज १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३७ वटाको घटेको छ। यस्तै एउटा कम्पनीको मूल्य स्थिर रहेको छ। 

    यी हुन १० प्रतिशतले बढेको ३ कम्पनी

    आज ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, मोदी इनर्जी कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो । 

    यसैगरी, नेपाल इन्भेसमेन्ट मेघा बैंकको शेयर मूल्य ९.६४ प्रतिशत, एनएमबी बैंकको शेयर मूल्य ९.४२ प्रतिशत, ग्लोबल आइएमई बैंकको ९.२२ प्रतिशत र लिबर्टी इनर्जी कम्पनीको शेयर मूल्य ९.०३ प्रतिशतको दरले बढेको छ ।

    आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । 

    आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । कम्पनीको ९१ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोको ८३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको ६५ करोड माथिको शेयर कारोबार भएको छ ।

    बिहिबार आठ उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ समूहको ५.६५ प्रतिशत, विकास बैंक समूहको १.२८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३२ प्रतिशत, हाइड्रोपावर समूहको ०.७९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार