images
images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ८२.५२ प्रतिशतले बढ्यो, कुल बीमाशुल्क आर्जन र प्रतिशेयर आम्दानी कति ?

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ८२.५२ प्रतिशतले बढ्यो, कुल बीमाशुल्क आर्जन र प्रतिशेयर आम्दानी कति ?

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ८२.५२ प्रतिशतले बढ्यो, कुल बीमाशुल्क आर्जन र प्रतिशेयर आम्दानी कति ?

    काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ६९ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    images
    images

    इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा ६९ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ८२.५२ प्रतिशतको बढोत्तरी भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधीमा कम्पनीले ३७ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    समीक्षा वर्षमा कम्पनीले १ अर्ब ९८ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ७८.१२ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ११ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    २०८१ असार मसान्तसम्ममा कम्पनीले ४ अर्ब ११ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ४०.०२ प्रतिशतले बढेको छ। २०८० असार मसान्तसम्ममा कम्पनीले २ अर्ब ९४ करोड ९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। 

    यता, शेयर पुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ र महाविपत्ति कोषमा १८ करोड ९१ लाख रुपैयाँ रहेको छ। 

    अघिल्लो वर्ष स्पेसल रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ४५ करोड ७७ लाख रुपैयाँ र महाविपत्ति कोषमा १३ करोड ७६ लाख रुपैयाँ थियो। अन्य इक्विटीमा भने १ अर्ब ६ करोड २२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा १ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ थियो।

    कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २४.६७ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वार्षिक ईपीएस १३.२६ रुपैयाँ थियो। पीई रेसियो ३५.५५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २७३.५० रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार