images
images

नाडाले आयोजना गर्ने टाटा ईभी प्रदर्शनी भदौ ११ देखि २६ सम्म चल्ने, केके छन् आकर्षण ?

नाडाले आयोजना गर्ने टाटा ईभी प्रदर्शनी भदौ ११ देखि २६ सम्म चल्ने, केके छन् आकर्षण ?

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • नाडाले आयोजना गर्ने टाटा ईभी प्रदर्शनी भदौ ११ देखि २६ सम्म चल्ने, केके छन् आकर्षण ?
    images
    images

    काठमाडौँ / नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले भदौ ११ गतेदेखि २६ गतेसम्म नाडा अटो शो २०२४ आयोजना गर्ने भएको छ । नेपालको अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्ने उद्देश्यले दुई दशकभन्दा अघिदेखि प्रदर्शनीलाई निरन्तरता दिँदै नाडाले यस बर्षको नाडा अटो शो आयोजना गर्ने तयारी गरेको हो । 

    काठमाडौँको भृकुटी मण्डपमा हुने यस वर्षको प्रमुख अटोमोबाइल प्रदर्शनीलाई टाटा ईभीले प्रायोजन गरेको छ । त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदर्शनीलाई सहप्रायोजन गरेको नाडाले जनाएको छ । 

    कार्यक्रमले अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्ने बताइएको छ । जसले अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपमा वृद्धि गर्न मञ्च तयार पार्ने नाडालको भनाई छ । 

    आयोजकका अनुसार यस वर्षको प्रदर्शनीमा चार पाङ्ग्रे २४ ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिनेछन्। 

    साथै, ३३ कम्पनीहरू जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूमा छन् भने  ७ वित्तीय संस्थाहरूले प्रदर्शनीमा सहभागिता जनाएका छन् । 

    “नाडा अटो शोमा कुल ९५ प्रदर्शकहरू सहभागी हुनेछन्, जसले १३० स्टसहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्” नाडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    रणनीतिक साझेदारी र समर्थन

    नाडा अटो शोको हिरो जुम स्कूटरले बहुप्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ भने खल्ती टिकेटिङ पार्टनरको रूपमा रहेको छ । त्यसैगरी वर्ल्डलिंक आधिकारिक इन्टरनेट पार्टनर रहेको छ । 

    हिट्को प्रा.लि।ले फायर सेफ्टी समर्थन प्रदान गर्नेछ भने सीसीटीभी नेपालले सम्पूर्ण आगन्तुकहरूको सुरक्षाका लागि निगरानी गर्ने आयोजकले जनाएको छ। प्रदर्शनीको व्यवस्थापन ग्लोवल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसेस प्रा.लि. (जेम्स)ले गर्नेछ छ । 

    अटोमोवाइल क्षेत्रलाई पुनर्जीवित गर्नका लागि नाडा अटो शो 

    देशको आर्थिक मन्दीले नेपालको अटोमोवाइल क्षेत्रलाई प्रभावित गरिरहेको छ । वर्तमान अवस्थामा हुन लागेको नाडा अटो शो २०२४ले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    प्रदर्शनीले आर्थिक गतिविधिलाई सक्रिय बताउन अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अटोमोवाइल व्यवसायीहरूको मनोवल माथि उठाउने विश्वास रहेको नाडा अटो शो २०२४ समितिका कार्यवाहक संयोजक अनुप कुमार बरालले बताए । 

    चुनौतीको वावजुद प्रदर्शनीले कम्पनीहरूको तर्फबाट उत्साहजनक सहभागिता प्राप्त भएको उनले जानकारी दिए । यसले उद्योगीहरूमा आशा रहेको र उनीहरू अर्थतन्त्रलाई सक्रिय बनाउ लचिलो भएको कुराको संकेत गर्ने उनको भनाई छ । 

    अटोमोबाइल प्रेमीहरूका लागि प्रमुख गन्तव्य

    चाडपर्वको मौसम नजिकिदै गर्दा, आयोजना हुने नाडा अटो शो २०२४ ले अटोमोवाइल प्रेमीहरूका उत्साह भर्ने नाडाले जनाएको छ । प्रदर्शनीले नयाँ मोडेलहरू, प्रविधिहरू र प्रवृत्तिहरू अन्वेषण गर्ने अनुपम अवसर प्रदान गर्ने कार्यवाहक संयोजक बरालले बताए । 

    अटोमोबाइल खरिद गर्नका लागि प्रदर्शनमानीमा वित्तीय विकल्पहरू र व्यावसायिक अवसरहरुको पनि लाभ उठाउन सकिनेछ । शोले आगन्तुकहरूलाई सवारी साधन खरिद निर्णय लिनका लागि आवश्यक जानकारी प्रदान गर्नेछ। 

    उनले भने, “पछिल्लो समय आगन्तुक र प्रदर्शकहरूको बढ्‌दो संख्या अटोमोबाइलहरूको दैनिक जीवनमा महत्त्वपूर्ण भूमिका खेल्न थालेको सङ्केत गर्दछ, जुन पहिले विलासिता मात्र थियो।”

    सुविधा र सुरक्षाका लागि व्यवस्थित

    प्रदर्शनीलाई चार पाङ्ग्रे, दुई पाङ्ग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ। यसले सबै आगन्तुकहरूका लागि एक सुविधाजनक र प्रभावकारी अनुभव सुनिश्चित गर्ने उनले बताए । 

    आगन्तुकहरूको सुविधाका लागि, टिकटहरू अब खल्ती एपमार्फत अग्रिम रूपमा खरिद गर्न सकिन्छ। अग्रिम टिकट खरिदकर्ताहरूले अगस्ट २६ सम्मको टिकट खरिदमा २० प्रतिशत, क्यासब्याक लाभ उठाउन सक्नेछन् । 

    प्रदर्शनी स्थलमा समर्पित मिडिया डेस्क उपलब्ध हुनेछ, जसले प्रदर्शनी सम्बन्धी सबै समाचारहरूलाई प्रभावकारी रूपमा सङ्कलन र प्रसारण गर्न सहयोग पुग्नेछ । 

    सडक सुरक्षा र ट्राफिक नियमहरूको प्रतिबद्धतालाई ध्यानमा राख्दै, प्रदर्शनीमा मेट्रोपोलिटन ट्राफिक प्रहरी डिभिजनको सहकार्यमा ट्राफिक सूचना डेस्क पनि हुनेछ।

    प्रदर्शनीको आकर्षण र अपेक्षा

    टाटा, ईभी प्रस्तुत नाडा अटो शो २०२४ ले ६ दिनको अवधिमा करिब ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

    अतिरिक्त आकर्षणको रूपमा, एक भाग्यशाली सहभागीले हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन्, जसलाई सिजी मोटर्स प्रा.लि. द्वारा प्रायोजित गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार