images
images

सानिमा बैंकको संस्थापक शेयर विक्रीमा, शेयरधनीहरूले मात्र खरीद गर्न पाउने

सानिमा बैंकको संस्थापक शेयर विक्रीमा, शेयरधनीहरूले मात्र खरीद गर्न पाउने

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • सानिमा बैंकको संस्थापक शेयर विक्रीमा, शेयरधनीहरूले मात्र खरीद गर्न पाउने

    काठमाडौँ / सानिमा बैंक लिमिटेडको ३८ हजार ४५७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।

    images
    images

    बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ ।

    प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको यी शेयर खरीदका लागि बैंकको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल, काठमाडौँमा आवेदन पेस गर्नुपर्नेछ । न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।

    तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूमा यी शेयर विक्री हुन नसकेमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार