images
images

नबिल बैंकको विशेष साधारण सभा भदौ १७ गते, ८ प्रतिशत लाभांश दरको अग्राधिकार शेयर जारी गर्ने

नबिल बैंकको विशेष साधारण सभा भदौ १७ गते, ८ प्रतिशत लाभांश दरको अग्राधिकार शेयर जारी गर्ने

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • नबिल बैंकको विशेष साधारण सभा भदौ १७ गते, ८ प्रतिशत लाभांश दरको अग्राधिकार शेयर जारी गर्ने

    काठमाडौँ / नबिल बैंक लिमिटेडले भदौ १७ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको छ । 

    images
    images

    बैंकको गत आइतवार बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी भदौ १७ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । 

    उक्त सभामा अग्राधिकार शेयर जारी गर्ने प्रस्तावमाथि छलफल गर्न विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । 

    कम्पनीको गत चैत १ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र लाभांश वितरण गर्ने गरी ५ अर्ब बराबरको ५ करोड इकाई अग्राधिकार शेयर विक्री गर्ने निर्णय गरेको थियो । 

    बैंकले शेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार शेयर व्यक्तिगत तवरबाट विक्री गर्ने निर्णय गरेकोमा उक्त निर्णयलाई विशेष साधारण सभाबाट पारित गर्न लागेको हो । 

    नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायबाट स्वीकृति लिई ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । 

    कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्नुका साथै सोहीबमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार