images
images

शेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझ्न आइसिएफसि फाइनान्सको आग्रह

शेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझ्न आइसिएफसि फाइनान्सको आग्रह

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • शेयरधनीलाई पाँच वर्ष पुरानो लाभांश बुझ्न आइसिएफसि फाइनान्सको आग्रह

    काठमाडौँ / आइसिएफसि फाइनान्स लिमिटेडले पाँच वर्ष पुरानो लाभांश बुझिलिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीले सूचना जारी गर्दै आर्थिक वर्ष ०७४/७५ को नगद लाभांश बुझ्न शेयरधनीलाई आग्रह गरेको हो ।

    images
    images

    उक्त वर्ष कम्पनीले करसमेत ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सम्बन्धित शेयरधनीहरूले लाभांश लिन आगामी एक महीनाभित्र कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।

    तोकिएको अवधिभित्र नगद लाभांश बुझ्न नआए उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारीसमेत कम्पनीले दिएको छ ।

    बोनस शेयर हितग्राही खाता र नगद लाभांश बैंक खातामा जम्मा गरिने भएकाले हालसम्म पनि हितग्राही खाता खोली बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई यथाशीघ्र गराउन पनि कम्पनीले भनेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार