images
images

अब कुन देशमा अध्ययन गर्न जाँदा वर्षमा कति पाइन्छ डलर सटही सुविधा ?

अब कुन देशमा अध्ययन गर्न जाँदा वर्षमा कति पाइन्छ डलर सटही सुविधा ?

राष्ट्र बैंकले विदेशमा पढ्न जाने विद्यार्थीका लागि देश अनुसार तोकेर नै वार्षिक डलर सटहीको सुविधा प्रदान गर्दै आएको छ ।

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • अब कुन देशमा अध्ययन गर्न जाँदा वर्षमा कति पाइन्छ डलर सटही सुविधा ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले विदेशी मुलुकहरुमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि विदेशी मुद्राको सटहीसम्बन्धी व्यवस्था गरेको छ।

    images
    images

    केन्द्रीय बैंकले देशअनुसार विदेशी मुद्राको सटही सुविधाको व्यवस्था गरेको हो । राष्ट्र बैंकले विदेशमा पढ्न जाने विद्यार्थीका लागि देश अनुसार तोकेर नै वार्षिक डलर सटहीको सुविधा प्रदान गर्दै आएको छ । 

    जसअनुसार क्यानडा, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र युरोपेली देशहरू जाने विद्यार्थीले सबैभन्दा बढी सटही सुविधा पाउँछन् भने दक्षिण एसियाली मुलुकहरूका लागि कम सटही सुविधा तोकिएको छ । 

    नेपालबाट बङ्गलादेश र पाकिस्तान अध्ययन गर्न जाने एक नेपालीले वार्षिक २ हजार ५ सय अमेरिकी डलरसम्म निर्वाह खर्च सटही सुविधा पाउँछन् भने चीन, मलेसिया, थाइल्यान्ड र फिलिपिन्स जानेहरूले ४ हजार अमेरिकी डलर सटही सुविधा पाउँछन् । 

    यसैगरी सिङ्गापुर र दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीले ६ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ । 

    यस्तै क्यानडा, अमेरिका, अस्ट्रेलिया लगायत युरोपेली मुलुकहरूमा अध्ययन गर्न जाने नेपालीहरूले भने वार्षिक ८ हजार अमेरिकी डलरसम्म सटही सुविधा पाउँछन् । 

    यी बाहेक अन्य मुलुकहरूमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले वार्षिक ५ हजार अमेरिकी डलरसम्म निर्वाह खर्च सटही सुविधा पाउने केन्द्रीय बैंकले जनाएको छ ।   

    – बंगलादेश, पाकिस्तानः २ हजार ५०० अमेरिकी डलर
    – चीन, मलेसिया, थाइल्यान्ड र फिलिपिन्सः ४ हजार अमेरिकी डलर
    – सिंगापुर, दक्षिण कोरियाः ६ हजार अमेरिकी डलर
    – क्यानडा, अमेरिका, अस्ट्रेलिया, युरोप महादेशः ८ हजार अमेरिकी डलर
    – अन्य देशः ५ हजार अमेरिकी डलर

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार