images
images

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा रोक

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • दाउन्नेमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । 

    images
    images

    भासिएको स्थानमा मर्मतका लागि आज दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

    विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको उनले जानकारी दिए । 

    यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको प्रनाउ पौडेलले बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार