काठमाडौँ / जुनेली इंकले नयाँ प्रोडक्ट जुनेली ट्रेडिङ अकाउन्टिङ सफ्टवेयर बजारमा ल्याएको छ । पूर्ण परीक्षण पश्चात बजारमा प्रवेश गरेको यो प्रोडक्टले प्रयोगकर्तालाई पारदर्शी र शुद्धता प्रदान गर्ने विश्वास रहेको कम्पनीले जनाएको छ ।
साना तथा ठूला सबै व्यवसायको लागि उपयोगी यो सफ्टवेयर बिशेषगरी मार्ट, पसल, हार्डवेयर, सुपरमार्केट, होटेल, रेस्टुरेन्ट, क्यान्टिन र म्यानुफ्याक्चरिङ कम्पनीहरूको लागि उपयुक्त छ ।
यसका अन्य विशेषताहरूमा दक्षता, शुद्धता, पहुँच, अनुकूल, पूर्ण परीक्षण भएकोले प्रयोगकर्ताले ढुक्कसँग यो प्रोडक्टको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।
साथै लन्चिङ पिडियडलाई मध्यनजर गर्दै २०८१ मंग्सिर को १५ सम्मको लागि २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।