images
images

हिमालयन बैंकका ४ वटा शाखा कार्यालय स्थानान्तरण

हिमालयन बैंकका ४ वटा शाखा कार्यालय स्थानान्तरण

आइतवार, साउन २७ २०८१
आइतवार, साउन २७ २०८१
  • हिमालयन बैंकका ४ वटा शाखा कार्यालय स्थानान्तरण

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडले ४ वटा शाखा कार्यालय स्थानान्तण गरेको छ । 

    images
    images

    बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखा, धनुषा जिल्ला, मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा– २ लाई स्थानान्तरण गरेको हो ।  

    उक्त शाखाबाट साउन २७ गतेदेखि सेवा शुभारम्भ भएको छ ।

    बैंकले ललितपुर जिल्ला, बाग्मती प्रदेश स्थित जाउलाखेल शाखालाई साविक स्थानबाट ललितपुर महानगरपालिका, वडा नं २७, सुनाकोठीमा स्थानान्तरण गरेको छ भने मधेश प्रदेश, भानु चोक स्थित जनकपुर शाखा – २ लाई जनकपुरधाम, धनुषा जिल्ला पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ ।

    बंैकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री विपिन हाडाले र  पिडारी चोक शाखाको शुभारम्भ बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागर कुमार रेग्मीले बंैकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका छन् ।  

    हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २७२ एटीएम,  ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल र १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार