images
images

खुशी र स्वस्थ जीवनशैलीका लागि १५ टिप्स

खुशी र स्वस्थ जीवनशैलीका लागि १५ टिप्स

आइतवार, साउन २७ २०८१
आइतवार, साउन २७ २०८१
  • खुशी र स्वस्थ जीवनशैलीका लागि १५ टिप्स

    विश्वमा शारीरिक स्वास्थ्य ठूलो चुनौतीका रूपमा देखिएको छ। खासमा कार्यव्यस्तता र प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ । अहिलेको दुनियाँमा मानिस स्वस्थ रहनका लागि निकै सचेत हुन आवश्यक छ । स्वस्थ र लामो जीवन जिउने चाहना जोकोहीको हुन्छ । यसका लागि जीवनशैली व्यवस्थित गर्न जरुरी हुन्छ, जुन धेरै हदसम्म समय व्यवस्थापनसँग जोडिएको हुन्छ । त्यस्तै, नियमित कामका साथसाथै व्यायाम र परिवारका लागि पनि समय छुट्याउन जरुरी हुन्छ । 

    images
    images
    images
    images

    स्वस्थ जीवनशैलीको लागि विभिन्न १५ टिप्सलाई व्यवहारमा उतार्नुहोस् :

    – हात राम्रोसँग धुनुहोस् । आफ्नो हात धुने सरल कार्यले ब्याक्टेरिया र भाइरसबाट सर्ने संक्रमणाई रोक्छ । 

    – नियमित रूपमा दाँत माझ्नुहोस् । यसले मुखमा ब्याक्टेरिया जम्मा हुनबाट रोक्छ र दाँत किरा र गिजाको रोगबाट बचाउँछ।

    – दिनको ८ घण्टा सुत्दा तपाईलाई स्फूर्ति मिल्छ, मुटु रोगको जोखिम कम हुन्छ, तपाईको प्रतिरक्षा प्रणालीलाई कायम राख्न मद्दत गर्दछ र तपाईको स्मरणशक्तिलाई पनि बलियो बनाउँछ।

    – ध्यान गर्नुहोस् । ध्यानले तनाव कम गर्छ, एकाग्रता सुधार गर्छ, पाचन प्रक्रियामा सुधार गर्छ र तपाईंलाई खुशी महसुस गर्न मद्दत गर्छ।

    – दिनभरी कम्तीमा ८ गिलास पानी पिउनुहोस्। पानीले मृगौलालाई स्वास्थ राख्न, पाचन प्रकिया राम्रो बनाउन, शरीरको तरल पदार्थलाई कायम राख्न र छालालाई स्वस्थ राख्न मद्दत गर्छ।

    – यदी तपाईँ महिला हुनुहुन्छ भने आफ्नो चरम खुट्टा दुखाइलाई बेवास्ता नगर्नुहोस्। यो परिधीय धमनी रोगको लक्षण हुन सक्छ जुन रक्त कोषिकाहरूमा अवरोधको कारणले हुन्छ।

    – बालबालिकाहरूलाई नियमत खोप लगाउनुहोस् । खोपहरूले तपाईंको बच्चाको जीवन बचाउन सक्छ। आफ्ना बच्चाहरूलाई उनीहरूको उमेर, स्वास्थ्य र उपलब्ध खोपहरू अनुसार उचित रूपमा खोप लगाउन चिकित्सकसँग परामर्श गर्नुहोस्।

    – नुनिलो र प्याक गरिएको चिप्समा उच्च मात्रामा सोडियम हुन्छ। कम नुन खाँदा रक्तचाप नियन्त्रणमा रहन्छ र तौल घटाउन मद्दत गर्छ। यसले मुटु रोगको जोखिम पनि कम गर्छ ।

    – बिहान खाजा नियमित रूपमा खानुहोस् । यसले तपाईंलाई दिनको बाँकी समयमा धेरै खानबाट बचाउनेछ।
    बिहानको खाजा दिनको पहिलो खाना हो, त्यसैले उठेको १ घन्टा भित्र सन्तुलित खाना खानुहोस् । यसबाट तपाईँलाई दिनमा बारम्बार खान मन लाग्दैन ।


    – तौल घटाउन चाहनुहुन्छ भने खानामा फलफूल र सागसब्जी मिसाउनुहोस् । फलफूल र तरकारीमा उच्च फाइबर हुन्छ जसले तौल घटाउन मद्दत गर्छ र पाचन प्रक्रियालाई पनि सुधार गर्छ। स्वस्थ रहनका लागि दैनिक सन्तुलित आहार सेवन गर्नुहोस् । आफ्नो दैनिक आहारमा फलफूल र तरकारीहरू समावेश गर्न निश्चित हुनुहोस्।

    – हाँस्दा र मुस्कुराउनुले अनुहारको चाउरीपना मात्र कम गर्दैन तर यसले प्राकृतिक पीडा कम गर्ने औषधिको रूपमा पनि काम गर्छ। त्यसैले सधैँ मुस्कुराइरहनुहोस्।

    – सुख्खा फल स्वास्थ्यका लागि राम्रो मानिन्छ ।
    सधैं ड्राई फ्रुट्स साथमा राख्नुहोस् र अनियमित समयमा भोक लाग्दा खानुहोस्। यसले बाहिरको खाना खाने इच्छालाई नियन्त्रण गर्नेछ।

    – १ गिलास तातो पानीले दिनको सुरुवात गर्नुहोस् ।
    मोटोपना कम गर्न हरेक बिहान मनतातो पानी पिउनुपर्छ । यसले शरीरको बोसो घटाउन र पाचन प्रक्रियामा सुधार गर्न सहयोग पुग्छ । 

    – बिहानको समेमाय नियमित व्यायाम गर्नुहोस् । बिहान व्यायाम गर्ने सबैभन्दा राम्रो समय हो। योग र हल्का हिड्दा पनि तपाईंको शरीर स्वस्थ रहन्छ । यसले रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गर्छ । 

    – राति ढिलो खानाले खाना पचाउन शरीरलाई बढी समय लाग्छ। अनियमित खाने बानी छोड्नुहोस्, यसले शरीरलाई स्वस्थ राख्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार