images
images

स्वस्थ र सफल दैनिकीका लागि आजैदेखि त्याग्नुहोस् यी खराब आदतहरू

स्वस्थ र सफल दैनिकीका लागि आजैदेखि त्याग्नुहोस् यी खराब आदतहरू

बुधवार, साउन २३ २०८१
बुधवार, साउन २३ २०८१
  • स्वस्थ र सफल दैनिकीका लागि आजैदेखि त्याग्नुहोस् यी खराब आदतहरू

    स्वस्थ दिनचर्याले तपाईंलाई धेरै प्रकारका रोगहरूबाट बचाउन मद्दत गर्न सक्छ। विशेषगरी बिहानको समयलाई प्रभावकारी बनाउन सके दिन राम्रोसँग बित्छ । बिहानको तपाईँको आदतको प्रत्यक्ष प्रभाव तपाईको स्वास्थ्य र उत्पादकत्वमा देखिन्छ। 

    images
    images
    images
    images

    स्वास्थ्य विज्ञहरू भन्छन्, “बिहानको आदत राम्रो छ भने दिनभर मानिसलाई ऊर्जावान् रहन सहयोग पुग्छ । बिहानको केही बानीले दिमागलाई सकारात्मक र शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न विशेष योगदान पुर्‍याउन सक्छ।”

    पोषणविद्हरू भन्छन् “जीवनमा स्वास्थ्यलाई प्राथमिकता दिनु महत्त्वपूर्ण छ र यसका लागि तपाईंले बिहानको आदत राम्रो बनाउनु जरुरी छ । बिहान सबेरै उठ्नेदेखि सुरु गरेर आफ्नो खानपानमा केही परिवर्तन गर्नु धेरै हिसाबले फाइदाजनक हुन सक्छ।”

    सबै मानिसहरूको लागि स्वस्थ दिनचर्या पालना गर्न महत्त्वपूर्ण छ। बिहानका केही खराब बानीहरू अहिले नै त्याग्ने निर्णय गर्नुहोस्।

    बारम्बार अलार्म बन्द नगर्ने 

    बिहान सबेरै ओछ्यानबाट उठ्नु हामीमध्ये धेरैको लागि गाह्रो काम भन्दा कम छैन। के तपाई पनि प्रायः बिहानको अलार्म बन्द गर्नुहुन्छ र थप केही समय अझै सुत्नुहुन्छ ? यदि हो भने तुरुन्तै यो बानी सुधार्नुहोस्। 

    अलार्म बन्द गर्दा बिहान सबेरै उठ्ने बानीलाई असर गर्न सक्छ। अध्ययनहरूले देखाउँछ कि बिहान सबेरै उठ्नु तपाईंको शारीरिक र मानसिक स्वास्थ्य दुवैको लागि राम्रो हुन्छ।

    दिनको सुरुवात चिया वा कफीबाट नगर्नुहोस्

    चिया र कफीमा क्याफिन पाइन्छ । यसले तपाईंलाई छोटो समयमा ऊर्जा दिन्छ । तर यदि तपाईंले बिहान खाली पेटमा वा धेरै मात्रामा क्याफिनको सेवन गर्नुभयो भने धेरै प्रकारका साइड इफेक्टको जोखिम हुन सक्छ। 

    धेरै मात्रामा क्याफिनको सेवन गरिन्छ भने यसले निद्रामा समस्या, चिन्ता र मुड स्विङजस्ता समस्या निम्त्याउन सक्छ। यसबाहेक क्याफिनको उच्च सेवनले मुटुको स्वास्थ्यमा पनि प्रतिकूल असर पार्न सक्छ।

    बिहान खाजा खान नभुल्नुहोस् 

    बिहानको खाजा छोड्दा तौल घटाउन मद्दत गर्छ भन्ने धेरैको विश्वास छ । तर वास्तवमा यो बानी तपाईको लागि फाइदाको सट्टा हानिकारक हुन सक्छ। बिहानको खाजा छाड्दा मोटोपना, मधुमेह र मुटुसम्बन्धी समस्याको जोखिम पनि बढ्न सक्छ। 

    रिसर्चले देखाएको छ कि राति ६–८ घण्टासम्म खाली पेटमा बसेपछि बिहानको खाजा नगर्दा तपाईमा कमजोरी हुन सक्छ। शरीरलाई स्वस्थ राख्नको लागि पौष्टिक नास्ता खानु सबैभन्दा महत्त्वपूर्ण बानी हो।

    व्यायामको लागि समय ननिकाल्नु 

    शोधकर्ताहरूले गतिहीन जीवनशैलीले धेरै रोगहरूको जोखिम बढाउने पत्ता लगाएका छन्। यदि तपाईं बिहान व्यायाम गर्नुहुन्छ भने, यसले शरीरलाई ऊर्जा दिन्छ र मस्तिष्कमा ह्याप्पी हर्मोन बढाउँछ। त्यसैगरी व्यायाम नगर्दा हृदयाघात, स्ट्रोक र श्वासप्रश्वासमा समस्या, ओस्टियोपोरोसिसका साथै तौल बढ्ने र मोटोपन जस्ता रोगको जोखिम बढ्छ । स्वस्थ रहनका लागि हरेक दिन कम्तीमा ३० मिनेट शारीरिक क्रियाकलापका लागि समय निकाल्नुपर्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार