images
images

एभरेष्ट बैंकको बार्षिक वित्तीय विवरण : नाफा र ब्याज आम्दानी दुवै बढ्यो, २९ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता

एभरेष्ट बैंकको बार्षिक वित्तीय विवरण : नाफा र ब्याज आम्दानी दुवै बढ्यो, २९ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • एभरेष्ट बैंकको बार्षिक वित्तीय विवरण : नाफा र ब्याज आम्दानी दुवै बढ्यो, २९ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता

    काठमाडौँ एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार चौथो त्रैमाससम्म बैंकको खुद नाफा १०.०७ प्रतिशतले बढेको छ । 

    images
    images

    अघिल्लो आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्म बैंकले ३ अर्ब ३६ करोड २१ लाख १५ हजार रुपैयाँ नाफा गरेको एभरेष्ट बैंकले समीक्षा अवधिमा भने १०.०७ प्रतिशत बढी ३ अर्ब ७० करोड ६ लाख ४८ हजार रुपैयाँ बढी नाफा आर्जन गरेको हो ।

    बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा भएको वृद्धिसँगै एभरेष्ट बैंकको नाफा बढेको छ । यस्तै, नाफा बढेसँगै बैंकको इपिएस (प्रतिशेयर आम्दानी) पनि सामान्य बढेको छ । 

    अघिल्लो आर्थिक बर्षको चौथो त्रैमासमा ७ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको बैंकले गत आर्थिक बर्षको सोही अवधिमा सो रकम ३.३५ प्रतिशतले बृद्धि गरी ७ अर्ब ६६ करोड रुपैयाँ पुर्याएको छ । 

    त्यस्तै, बैंकको सञ्चालन मुनाफा १६.३१ प्रतिशतले बढेको छ । अघिल्लो बर्षको चौथो त्रैमासमा ४ अर्ब ८१ करोड ७५ लाख ७१ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेकोमा बैंकले समीक्षा अवधिमा ९ अर्ब ११ करोड २० लाख ९८ हजार रुपैयाँ यस्तो नाफा गरेको छ । 

    नाफा बढेको बैंकको प्रतिशेयर आम्दानी (इपिएस)समेत ०.०२ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष ३१ रुपैयाँ ४३ पैसा रहेको बैंकको इपिएस समीक्षा अवधिमा भने बढेर ३१ रुपैयाँ ४५ पैसा पुगेको छ । 

    चक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ४ हजार रुपैयाँ रहेको एभरेष्टको जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ जम्मा रहेको छ । यता, यसको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड रुपैयाँ देखिएको छ । उक्त रकमबाट यसले २९.८६ प्रतिशत लाभांश वितरण गर्न सक्छ । 

    बैंकको प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने २३६.०६ रुपैयाँ छ । एनपीएल ०.७१ प्रतिशत कायम भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार