images
images

प्राइम कमर्सियल बैंकको नाफा २६७.१९ प्रतिशतले बढ्यो, अन्य सूचक कति बढ्यो ?

प्राइम कमर्सियल बैंकको नाफा २६७.१९ प्रतिशतले बढ्यो, अन्य सूचक कति बढ्यो ?

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • प्राइम कमर्सियल बैंकको नाफा २६७.१९ प्रतिशतले बढ्यो, अन्य सूचक कति बढ्यो ?

    काठमाडौँ / प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

    images
    images

    गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २६७.१९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ १५ पैसा बढेर १९ रुपैयाँ ४५ पैसा पुगेको छ। खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

    समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १२.१६ प्रतिशत बढेर ८ अर्ब ९१ लाख ४५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकको यस्तो आम्दानी ७ अर्ब १४ करोड ७ लाख ४७ हजार रुपैयाँ थियो । 

    यस्तै, अघिल्लो आवमा १ अर्ब १७ करोड ६२ लाख ३१ हजार खुद फि तथा कमिशन आम्दानी गरेको यस बैंकको यस्तो आम्दानी गत आवमा ३१.४५ प्रतिशत बढेर १ अर्ब ५४ करोड ६१ लाख ४३ हजार रुपैयाँ पुगेको छ । 

    त्यस्तै, कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत प्रतिशतले बढेको छ । अघिल्लो बर्षको चौथो त्रैमासमा ८ अर्ब ६१ करोड २ लाख २८७ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी गरेकोमा बैंकले समीक्षा अवधिमा ९ र्अ ९४ करोड ७४ लाख १ हजार रुपैयाँ यस्तो आम्दानी गरेको छ ।

    यता, सञ्चालन मुनाफा १७७.३१ प्रतिशतले बढेको छ । अघिल्लो बर्षको चौथो त्रैमासमा  २ अर्ब ५ करोड ३६ लाख २९ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेकोमा बैंकले समीक्षा अवधिमा ५ अर्ब ६९ करोड ४९ लाख ३२ हजार रुपैयाँ यस्तो नाफा गरेको छ ।

    १९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २१.३६ प्रतिशत बढेको छ भने कर्जा १८.५८ प्रतिशत बढेको छ।

    असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १९ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ १८ पैसा रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार