images
images

सानिमा बैंकको नाफामा ८.७३ प्रतिशतको संकुचन, वितरणयोग्य मुनाफा कति ?

सानिमा बैंकको नाफामा ८.७३ प्रतिशतको संकुचन, वितरणयोग्य मुनाफा कति ?

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • सानिमा बैंकको नाफामा ८.७३ प्रतिशतको संकुचन, वितरणयोग्य मुनाफा कति ?

    काठमाडौँ / सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा २ अर्ब ३८ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा ८.७३ प्रतिशतले कम हो। गत वर्ष बैंकले २ अर्ब ६० करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो। 

    images
    images

    इम्पेयरमेन्ट चार्ज बढ्दा यस वर्ष बैंकको नाफामा असर परेको हो । गत आर्थिक बर्षको असार मसान्तसम्ममा बैंकको इम्पेयरमेन्ट चार्ज ४१.९० प्रतिशतले बढेर १ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ पुगेको छ । 

    एक बर्षको अवधीमा बैंकको नाफासँगै खुद ब्याज आम्दानी समेत ४.६४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी ६ अर्ब ४७ करोड ८६ लाख रुपैयाँ कमाएको यस बैंकले यस बर्षमा भने यस्तो आम्दानी ६ अर्ब १७ करोड ८० लाख रुपैयाँ मात्रै गरेको छ। 

    समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३.५७ प्रतिशतले बढेर ७ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ७ अर्ब ६५ करोड १८ लाख रुपैयाँ थियो । यससँगै बैंकको सञ्चालन नाफा ८.७३ प्रतिशतले घटेर ३ अर्ब ४४ करोड १२ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकको यस्तो नाफा ३ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी रहेको थियो ।

    गत वर्ष बैंकको खुद सञ्चालन आम्दानी २.५५ प्रतिशतले घटेर ६ अर्ब ४३ करोड रुपैयाँमाथि पुगेको छ । वितरणयोग्य नाफा ३६.२४ प्रतिशतले घटेर १ अर्ब ४१ करोड २३ लाख रुपैयाँमा झरेको छ । गत वर्ष बैंकको खराब कर्जा ०.४२ प्रतिशतले बढेर १.७३ प्रतिशत पुगेको छ भने आधारदर २.३२ प्रतिशतले घटेर ७.८३ प्रतिशत कायम भएको छ ।

    बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ४१ करोड २३ लाख रुपैयाँ रहेको छ । बैंकले गत वर्ष ग्राहकमा कर्जा प्रवाह ९.६७ प्रतिशतले बढाएर १ खर्ब ५९ अर्ब ४९ करोड १३ लाख रुपैयाँ पुर्याएको छ भने निक्षेप संकलन १२.२१ प्रतिशतले बढाएर १ खर्ब ९७ अर्ब १९ करोड ७० लाख रुपैयाँ पुर्याएको छ ।

    गत वर्ष बैंकको ईपीएस ३ रुपैयाँ ३७ पैसाले घटेर १७ रुपैयाँ ५४ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ३५ पैसा रहेको छ । गत वर्ष बैंकको चुक्ता पूँजी ९ प्रतिशतले बढेर १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार २६.९० प्रतिशतले बढेर ५ अर्ब ९६ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार