images
images

आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा  भारी बर्षा र हावाहुरीको सम्भावना ?

आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा  भारी बर्षा र हावाहुरीको सम्भावना ?

आइतवार, साउन २० २०८१
आइतवार, साउन २० २०८१
  • आगामी तीन दिनको मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा  भारी बर्षा र हावाहुरीको सम्भावना ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

    images
    images

    हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आइतबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशभर  केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशभर  केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सोमबार दिउँसो देशभर साधारणतया बदली रहने छ। देशभर केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    सोमबार राति देशभर साधारणतया बदली रहने छ। देशभर धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी  वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    मंगलबार दिउँसो देशभर साधारणतया बदली रहने छ। देशभर केही स्थानहरूमा  मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    मंगलबार राति देशभर साधारणतया बदली रहने छ । देशभर धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई  स्थानमा भारी  वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको साथै कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार