स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, भैरहवाको समन्वयमा स्वास्थ्य शिविरको आयोजना गरेको छ । कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा शनिबार एक दिने उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
विहान ९ः३० बजे देखि सुरु भएको उक्त स्वास्थ्य शिविरमा कृष्णनगर लगायत आसपासबाट आएका करिव ४५० जना विरामीहरूले आफ्नो स्वास्थ्य जाँच गराएको छन् ।
एक दिन सञ्चालन हुने उक्त निःशुल्क स्वास्थ्य शिविरमा समान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परीक्षण, अल्ट्रासाउन्ड परीक्षण, दाँत तथा गिजा रोग, इ.सी.जी, छाला तथा यौन रोग लगाएतको रोगहरुको निःशुल्क जाँच, परीक्षण तथा निःशुल्क औषधी वितरण समेत गरेको ट्रष्टका अध्यक्ष विश्वनाथ गोयलले बताए ।
उक्त शिविरमा उपस्थित भई नाम लेखाएका तथा विभिन्न रोगहरुको जाँच गराएका विरामीहरूले भदौ १७ गतेसम्म विभिन्न रोगको उपचारमा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाले विशेष छुट तथा सहुलियत दरमा विरामी उपचार समेत गर्ने ट्रष्टका अध्यक्ष गोयलले बताए ।
यसअघि समेत निःशुल्क स्वास्थ्य शिविर, राहात वितरण, शैक्षिक सामाग्री वितरण, बृक्षारोपण लगायत विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको स्व.वक्तावरीदेवी गोयल कल्याणकारी कोष गैरनाफामूलक सामाजिक संस्था हो ।