images
images

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश अत्याधिक बर्षा हुने, मधेश र कोशी प्रदेशमा हावाहुरीको पनि सम्भावना

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश अत्याधिक बर्षा हुने, मधेश र कोशी प्रदेशमा हावाहुरीको पनि सम्भावना

शनिवार, साउन १९ २०८१
शनिवार, साउन १९ २०८१
  • कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश अत्याधिक बर्षा हुने, मधेश र कोशी प्रदेशमा हावाहुरीको पनि सम्भावना

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

    images
    images

    हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    आज राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

    कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आइतबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । 

    कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आइतबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।

    कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी,मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी  वर्षाको पनि सम्भावना रहेको छ । सोमबार दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    सोमबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, मधेश,बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको पनि सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    धेरै भारी वर्षाको पनि सम्भावना रहेको क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह मौसमविद्ले आग्रह गरेका छन् । 

    साथै मधेश र कोशी प्रदेशको तराईका केही स्थानहरुमा  हावाहुरीको पनि सम्भावना रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार