images
images

झापाको दुर्गापुरमा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा, कुल संख्या ३१४ पुग्यो

झापाको दुर्गापुरमा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा, कुल संख्या ३१४ पुग्यो

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • झापाको दुर्गापुरमा प्रभु बैंकको नयाँ शाखा सञ्चालनमा, कुल संख्या ३१४ पुग्यो

    काठमाडौँ / झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको ५ औं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो ।  

    images
    images

    बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरेका छन् । 

    उक्त कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्म भूषण सिटौला, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा लगायतले सफलताको शुभकामना व्यक्त गर्दै दुर्गापुर शाखाले त्यहाँको जनजीविका उकास्न सहयोग मिल्ने विश्वास व्यक्त गरे । 

    बैंकका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यस क्षेत्रको आर्थिक चलायमान बनाउन बैंक शाखा सञ्चालनमा आएको बताए ।  

    ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१४ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ । 

    यस्तै बैंकले छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार