images
images

पोखराको जग्गा विवाद समाधानमा मन्त्री अधिकारी र भट्टराईले थाले पहल, नापी र मालपोत कार्यालयलाई दिए निर्देशन

पोखराको जग्गा विवाद समाधानमा मन्त्री अधिकारी र भट्टराईले थाले पहल, नापी र मालपोत कार्यालयलाई दिए निर्देशन

बिहिवार, साउन १७ २०८१
बिहिवार, साउन १७ २०८१
  • पोखराको जग्गा विवाद समाधानमा मन्त्री अधिकारी र भट्टराईले थाले पहल, नापी र मालपोत कार्यालयलाई दिए निर्देशन

     

    images
    images

    काठमाडौँ / भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारी र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पोखरा जग्गा विवाद समाधानमा पहल थालेका छन् । मन्त्री द्वयले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १७ अन्तर्गत लामातहरामा लामो समयदेखि हल साविक हुन नसकेको जग्गा सम्वन्धी समस्याको समाधानका लागि सरोकारवालासँग सामूहिक छलफल गरेर गरी तत्काल समस्या समाधान गरी गर्न निर्देशन दिएका हुन् । 

    साविक नक्साको त्रुटीका कारण आफुले खरिद गरेको जग्गा हालसाविक गरी दर्ता गर्न नपाउदा ३५० भन्दा बढि घरधुरीले आफनो जग्गा खरिद बिक्री गर्न, बैंकमा धितो राख्न समस्या भएको स्थानीयले मन्त्री समक्ष गुनासो राखेका थिए । गुनासो सुनेपछि १३२ रोपनी ५ आना जग्गाको समस्या समाधानका लागि सरोकारवालासँग सामूहिक छलफल गरेर तत्काल समस्या समाधान गर्न मन्त्रीद्वयले निर्देशन दिए । 
     
    भूमि ब्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्णाप्रसाद सापकोटा, नापी बिभागका महानिर्देशक प्रकाश जोशी, जिल्ला मालपोत र नापी कार्यालय कास्कीका प्रमुखहरू, स्थानीयबासीहरू र सरोकारवालाहरूसहित बसेको सामूहिक बैठकले विभिन्न विकल्प माथि छलफल गर्दैँ ऐन, कानुन र प्रावधानमा टेकेर निकास निकाल्न सहमत भएका हुन् ।  

    छलफल कार्यक्रममा भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बिगत लामो समयदेखि हाल साविक हुन नसकेको, आफूले लामो समयदेखि जोतभोग गरेको जग्गाको लालपुर्जा प्राप्त नभएकोजस्ता भूमिसम्बन्धी समस्या समाधानका मन्त्रालयले कानुनी र संस्थागत प्रबन्ध गरी कार्यलाई तिव्रता दिएको बताए । 

    भूमि समस्या समाधान गर्न निकट भविश्यमो भूमि समस्या समाधान आयोग गठन गरी आयोगले देशभरकै भूमिहिन सुकुम्बासीको समस्या स्थायीरूपमा समाधान गर्ने मन्त्री अधिकारीको भनाई छ ।  त्यसैगरी, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भटट्राईले नागरिकलाई अन्याय गर्ने हक राज्यलाई नहुने भन्दै ऐन कानुनमा भएको अस्पष्टता र कानुनी जटिलता हटाएर तत्काल समस्या समाधान गर्न आग्रह गरे । 

    सोही कार्यक्रममा भूमि ब्यवस्था तथा अभिलेख विभागका महानिर्देशक र नापी विभागका महानिर्देशकले पोखरामा देखिएको हाल साविकको समस्या देशका अन्य भुभागमा समेत रहेको र मन्त्रीहरूको निर्देशन बमोजिम स्थानीय सरोकारवालाहरूसँग छलफल गरी तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।  

    यो समस्याको निरुपण हुने भएपछि बषौँदेखि लालपुर्जाको स्वामित्व महसुस गर्न नसकेका पोखरा महानगरपालिका वडा नं १७ लामतहराका स्थानीयहरू हर्षित भएका छन् । .

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार