images
images

फेरि आकाशियो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

फेरि आकाशियो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

बिहिवार, साउन १७ २०८१
बिहिवार, साउन १७ २०८१
  • फेरि आकाशियो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य पुनः आकाशिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १६ सय रुपैयाँले बढेको हो ।  बुधवार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १६ सय रुपैयाँले बढेर १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    images
    images

    त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी,आज चाँदीको मूल्य पनि बढेको छ। 

    यसअघि सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँसम्म पुगेको थियो । बुधवार तोलामा १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार