images
images

सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँट, कतिले पाए सेयर ?

सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँट, कतिले पाए सेयर ?

बुधवार, साउन १६ २०८१
बुधवार, साउन १६ २०८१
  • images
    images
    सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँट, कतिले पाए सेयर ?
    images
    images

    काठमाडौँ / सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ बाँडफाँट भएको छ । बुधबार बिहान ८ बजे लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा कम्पनीको थप सार्वजनिक निष्काशन (एफपीओ बाँडफाँट भएको हो ।

    images
    images

    लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९.५४५० कित्ता सेयर निष्काशन गरेको थियो। 

    सो सेयरमा कुल १५ लाख ६४ हजार ४२३ आवेदन गरेको थियो। जसमध्ये १ हजार १०१ आवेदन रद्द भएका छन् भने १५ लाख ६३ हजार ३२२ आवेदन स्वीकृत भएका छन्।

    स्वीकृत आवेदनमध्ये ४ हजार ६७२ जनालाई १० कित्ताका दरले लघुवित्तको शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ। 

    त्यसरी बाँडफाँट गर्दा शेष रहेको ९.५४५ कित्ता सेयरमध्ये ९ जनालाई एक कित्ताका दरले र एक जनालाई ०.५४५ कित्ता (मिलान गर्दा १ कित्ता) सेयर बाँडफाँट गरेको छ।

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने÷गाभिनका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा लघुवित्तले एफपिओ जारी गरेको हो।

    साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपश्चात बनेको सूर्योदय वोमी लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत रहेको थियो।

    सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपिओ जारी गरेको हो। एफपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ पुग्नेछ।

    कम्पनीमा संस्थापक सेयरधनीहरूको हिस्सा ७० प्रतिशत अर्थात ६४ करोड ८ लाख १८ हजार ९४३ रुपैयाँ रहनेछ भने सर्वसाधारण सेयरधनीहरुको हिस्सा ३० प्रतिशत अर्थात २७ करोड ४६ लाख ३६ हजार ५२० रुपयाँ रहनेछ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार