images
images

शेयर बजारमा करेक्सनः नेप्से २० अङ्कले घट्दा साढे १९ अर्बको कारोबार, कसले कति कमाए ?

शेयर बजारमा करेक्सनः नेप्से २० अङ्कले घट्दा साढे १९ अर्बको कारोबार, कसले कति कमाए ?

सोमवार, साउन १४ २०८१
सोमवार, साउन १४ २०८१
  • शेयर बजारमा करेक्सनः नेप्से २० अङ्कले घट्दा साढे १९ अर्बको कारोबार, कसले कति कमाए ?

    काठमाडौँ / आज सोमबार शेयर बजारमा दिनभरी उतार चडाब देखियो । घटबढ भइरहेको बजार अन्तिममा आएर करेक्सन भएको छ । आज  शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । 

    images
    images

    पछिल्ला केहि दिन यता निरन्तर बढी रहेको बजार आज केहि सामान्य करेक्सन आएको हो । मौद्रिक नीति मार्फत राष्ट्र बैैंकले शेयर बजारलाई बाधा गर्ने नीति फुकुवा गरेसँगै मार्केटमा रौनक देखिएको थियो । 

    मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई कर्जामा लगाएको २० करोडको क्याप खारेज भएको छ । ब्याजदर बढ्न नदिने ब्यवस्था समेत रहेको छ ।

    मौद्रिक नीतिले बैंकलाई निकै राहत दिएपछि आज सेयर बजारमा बैंकहरुको सेयरको माग अत्याधिक बढ्दो छ । 

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६३ अकंले घटेर २ हजार ६६०.९३ बिन्दुमा कायम भएको हो । आज ३२५ कम्पनीको ४ करोड ७६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    यसदिन कारोबार भने निकै उच्च भएको देखिन्छ । सोमबार ११ उपसचूक राताम्य भएका छन् । आज र्बैंकिङ समूहको ०.०३ प्रतिशत, विकास बैंक समहको २.६९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२९ प्रतिशतसहित ११ कम्पनीको शेयर घटेको हो ।

    यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधीक 

    आज सबैभन्दा धेरै नेपाल फानान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ७७ प्रतिशतका दरले कमाएका छन् । मन्दकीनि हाइड्रोका लगानीकर्ताले ८ दशलमव ५८ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोका लगानीकर्ताले ८ दशलमव १६ प्रतिशतका दरले कमाएका छन् ।

    1.jpg

    यी कम्पनीका लगानीकर्ताले गुमाए सार्वधीक

    आज सबैभन्दा धेरै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

    2.jpg

    यी कम्पनीको सर्वोधिक खरिद बिक्री 

    आज शिवम सिमेन्ट, कुमारी बैंक, नेपा इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकको शेयर सर्वोधिक खरिद बिक्री भएको हो ।

    2.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार