images
images

सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधवार बाँडफाँट हुदैँ, कतिले पाउँछन् सेयर ?

सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधवार बाँडफाँट हुदैँ, कतिले पाउँछन् सेयर ?

सोमवार, साउन १४ २०८१
सोमवार, साउन १४ २०८१
  • सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधवार बाँडफाँट हुदैँ, कतिले पाउँछन् सेयर ?

    काठमाडौँ / सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बुधवार बाँडफाँट हुने भएको छ । 

    images
    images

    बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आइतवार प्रि अलोटमेन्ट सम्पन्न गरी बुधवार अन्तिम बाँडफाँटको तयारी गरेको हो । 

    सूर्योदय वोमी लघुवित्तले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा ४६ हजार ७२९ कित्ता एफपीओ साउन ४ गतेदेखि ८ गतेसम्म बिक्री गरेको हो । 

    कम्पनीको एफपीओ खरीदका लागि १६ लाख ५९ हजारभन्दा बढीको आवेदन परेको छ । यी आवेदकहरूबाट २ करोड ३८ लाख ६३ हजारभन्दा बढी कित्ता एफपीओ खरीद माग भएको जानकारी समेत सिडिएससीले दिएको छ । 

    भाग्यमानी ४ हजार ६७२ जना आवेदकले १० कित्ताका दरले शेयर हात पार्नेछन् । यसरी बाँडफाँट गर्दा बाँकी रहेको ९ कित्ता शेयर भने ९ जना आवेदकले थप एक कित्ताका दरले प्राप्त गर्नेछन् । कम्पनीको आईपीओ भाग्यमानी आवेदकमा बढीमा ११ कित्तासम्म बाँडफाँट हुनेछ ।

    धितोपत्र दोस्रो बजारमा आइतवार यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार १४९ रूपैयाँ कायम छ । एफपीओ दोस्रो बजारमा सूचीकृतपश्चात् दोस्रो बजारमा कारोबार भैरहेकै मूल्यमा कारोबारमा आउनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार