images
images

हिमालयन बैंकको बनेपा शाखा-२ स्थानान्तरण, पनौती शाखाको नामबाट बैंकिङ सेवा प्रदान गरिने

हिमालयन बैंकको बनेपा शाखा-२ स्थानान्तरण, पनौती शाखाको नामबाट बैंकिङ सेवा प्रदान गरिने

सोमवार, साउन १४ २०८१
सोमवार, साउन १४ २०८१
  • हिमालयन बैंकको बनेपा शाखा-२ स्थानान्तरण, पनौती शाखाको नामबाट बैंकिङ सेवा प्रदान गरिने

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये बनेपा शाखा-२ लाई स्थानान्तरण गरेको छ ।

    images
    images

    साविक स्थानबाट करीब ६.२ कि.मि. दक्षिणतर्फ पनौती बसपार्क, पनौती नगरपालिका वडा नं ७, काभ्रे जिल्लाबाट साउन १३ गतेदेखि नयाँ शाखाका रूपमा पनौती शाखाको नामबाट सम्पूर्ण बैङ्किङ सेवा प्रदान गरी सञ्चालनमा ल्याएको हो ।

    बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, बैंकका उच्चपदस्थ कर्मचारीहरू तथा अन्य अतिथिहरूको उपिस्थतिमा गरेका छन् । 

    News himalayan bank.jpg

    हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २६४ एटिएम,  ६ हजार ५ सयभन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैङ्किङ्क सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार