images
images

मौसम पूर्वानुमान : आगामी तीन दिनसम्म कुन कुन प्रदेशमा छ अत्याधिक बर्षाको सम्भावना ?

मौसम पूर्वानुमान : आगामी तीन दिनसम्म कुन कुन प्रदेशमा छ अत्याधिक बर्षाको सम्भावना ?

सोमवार, साउन १४ २०८१
सोमवार, साउन १४ २०८१
  • मौसम पूर्वानुमान : आगामी तीन दिनसम्म कुन कुन प्रदेशमा छ अत्याधिक बर्षाको सम्भावना ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। 

    images
    images

    हाल देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै साथै कोशी  प्रदेशका एक(दुई  स्थानमा हल्का वर्षा भैरहेको छ । सोमबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

    मधेश प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    सोमबार राति देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    मङ्गलबार दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    मङ्गलबार राति देशभर साधारणतया बदली रहने छ। कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    बुधवार दिउँसो देशभर साधारणतया बदली रहने छ। मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    बुधबार राति देशभर साधारणतया बदली रहने छ। कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै  स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार