images
images

११३ अंकले बढेको बजारमा यी कम्पनीको सर्वाधिक कारोबार, गुमाउने कम्पनी कुन–कुन ?

११३ अंकले बढेको बजारमा यी कम्पनीको सर्वाधिक कारोबार, गुमाउने कम्पनी कुन–कुन ?

आइतवार, साउन १३ २०८१
आइतवार, साउन १३ २०८१
  • ११३ अंकले बढेको बजारमा यी कम्पनीको सर्वाधिक कारोबार, गुमाउने कम्पनी कुन–कुन ?
    images
    images

    काठमाडौँ / नेप्सेमा आज उछाल छाएको छ। आज कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नै बजार ४ प्रतिशतले बढेर २० मिनेटको लागि बन्द भयो । 

    दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । पछि सम्हालिएको बजार ११३.४२ अङ्कले बढेर २ हजार ६८१ को विन्दुमा कायम भएको छ ।

    आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ८१ करोमाथिको शेयर कारोबार भएको छ । 

    आज १२ उपसूचकमा हरियाली आएको छ । यसदिन वाणिज्य बैंकको ९.८९ प्रतिशत, विकास बैंक समूहको ४.८७ प्रतिशत, फाइनान्स समूहको १.२९ प्रथिशत, होटल तथा पर्यटन समूहको ०.४६ प्रतिशतले शेयर मुल्य बढेको छ । यता, माइक्रोफाइनान्स समूहको शेयर मूल्य मात्र घटेको छ ।

    आज बैंकिङ्ग क्षेत्रको उपसूचकमा लगानीकर्ताहरु बढी झुम्मिएका छन् । कारण मौद्रिक नितिपछि बैंकिङ्ग क्षेत्रमा राहत दिएको कारण लगानीकर्ताहरु यस क्षेत्रतर्फ आकर्षण भएको देखिन्छ ।

    आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ ।त्यस्तै, एनआईसी एशिया बैंक, शिवम सिमेन्टस, हिमालयन रि, हाथवे, प्राईम कर्मर्शीयल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, सिईडिबी हाईड्रोपावर र एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ।

    Symbol  LTP  Pt. Change  % Change 
    NIMB 240.90 21.90 10.00
    SBI 451.00 41.00 10.00
    SANIMA 357.50 32.50 10.00
    NMB 275.00 25.00 10.00
    PRVU 218.90 19.90 10.00
    GBIME 258.50 23.50 10.00
    CZBIL 253.00 23.00 10.00
    PCBL 295.90 26.90 10.00
    ADBL 387.20 35.20 10.00
    NBL 294.80 26.80 10.0
    ULBSL 2,858.00 259.80 10.00
    HATHY 1,354.10 123.10 10.00
    EBL 678.50 61.60 9.99
    LSL 242.20 22.00 9.99
    KBL 212.40 19.30 9.99
    NICA 552.00 50.10 9.98
    NABIL 633.40 57.50 9.98
    HBL 278.80 25.30 9.98
    NIFRA 253.50 23.00 9.98
    MBL 251.40 22.80 9.97
    SBL 359.50 32.60 9.97
    AHL 832.00 73.20 9.65
    NLIC 837.00 67.00 8.70
    JBBL 378.00 29.00 8.31
    SCB 718.00 55.00 8.30
    ANLB 3,076.00 220.00 7.70
    MKHL 634.00 44.00 7.46
    SHINE 530.50 36.50 7.39
    RBCL 18,105.90 1,175.90 6.95
    NFS 1,484.00 95.00 6.84

    यी कम्पनीका लगनीकर्ताले गुमाए सार्वधीक 

    आज सबैभन्दा धेरै गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.३५ प्रतिशतका दरले गुमाएका हुन् ।

    2.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार