images
images

मौद्रिक नीतिपछि शेयर बजार उछाल  : नेप्से २७ सय नजिक, बैंकिङ समूहमा ९.८९ प्रतिशतको वृद्धि

मौद्रिक नीतिपछि शेयर बजार उछाल  : नेप्से २७ सय नजिक, बैंकिङ समूहमा ९.८९ प्रतिशतको वृद्धि

आइतवार, साउन १३ २०८१
आइतवार, साउन १३ २०८१
  • मौद्रिक नीतिपछि शेयर बजार उछाल  :  नेप्से २७ सय नजिक, बैंकिङ समूहमा ९.८९ प्रतिशतको वृद्धि

    काठमाडौँ / मौद्रिक नीति पछिको पहिलो कारोबारको दिन आज आइतबार शेयर बजारमा उछाल आएको छ । दुई पटकसम्म सकारात्मक सर्किट लागेको बजारमा उत्साहको माहोल सिर्जना भएको हो । 

    images
    images

    आज कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नै बजार ४ प्रतिशतले बढेर २० मिनेटको लागि बन्द भयो । दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । पछि सम्हालिएको बजार ११३.४२ अङ्कले बढेर २ हजार ६८१ को विन्दुमा कायम भएको छ ।

    आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ८१ करोमाथिको शेयर कारोबार भएको छ । 

    आज १२ उपसूचकमा हरियाली आएको छ । यसदिन वाणिज्य बैंकको ९.८९ प्रतिशत, विकास बैंक समूहको ४.८७ प्रतिशत, फाइनान्स समूहको १.२९ प्रथिशत, होटल तथा पर्यटन समूहको ०.४६ प्रतिशतले शेयर मुल्य बढेको छ । यता, माइक्रोफाइनान्स समूहको शेयर मूल्य मात्र घटेको छ ।

    कुमारी बैंकको सबैभन्दा धेरै कारोबार 

    आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    3.JPG

    यी कम्पनीका लगानीकर्ताले कमाए सार्वधीक 

    आज १२ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, नेपाल एसबीआई बैंक, सानिमा, एनएमबी, प्रभु ग्लोबल आईएमई लगायतका कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दर कमाएका छन् । 

    1.JPG

    यी कम्पनीका लगनीकर्ताले गुमाए सार्वधीक 

    आज सबैभन्दा धेरै गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.३५ प्रतिशतका दरले गुमाएका हुन् ।

    2.JPG

    चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो । मौद्रिक नीति मार्फत राष्ट्र बैैंकले शेयर बजारलाई बाधा गर्ने नीति फुकुवा गरेसँगै मार्केटमा रौनक देखिएको हो । मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई कर्जामा लगाएको २० करोडको क्याप खारेज भएको छ । ब्याजदर बढ्न नदिने ब्यवस्था समेत रहेको छ ।

    मौद्रिक नीतिले बैंकलाई निकै राहत दिएपछि आज सेयर बजारमा बैंकहरुको सेयरको माग अत्याधिक बढ्दो छ । साउनमा आम्दानी गरेको ब्याजलाई असारकै खातामा जोड्न पाउने भएपछि बैंकको मुनाफा राम्रो हुने अपेक्षामा बैंकको शेयर मूल्य वृद्धि भएको शेयर विश्लेषकहरुको धारणा रहेको छ। बजारमा बैंकहरुको सेयरको अत्यधिक मागका कारण मूल्यमा उच्च वृद्धि भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार