images
images

मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने

मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने

आइतवार, साउन १३ २०८१
आइतवार, साउन १३ २०८१
  • मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने

    काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । 

    images
    images

    बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

    कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  पहाडी भेगका केही स्थान तथा बाँकी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी र  कर्णालीका केही स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोशी, बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारीदेखि धेरै भारी  वर्षाको पनि सम्भावना छ ।

    आगामी २४ घण्टामा लुम्बिनी प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    विभागले  कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम  प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।  

    साथै विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले  सतर्कता अपनाउन पनि सम्बद्ध सबैमा आग्रह गरेको छ ।
    –––

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार