images
images

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका केही स्थानमा भारी बर्षाको चेतावनी, सतर्क रहन आग्रह

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका केही स्थानमा भारी बर्षाको चेतावनी, सतर्क रहन आग्रह

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका केही स्थानमा भारी बर्षाको चेतावनी, सतर्क रहन आग्रह

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

    images
    images

    हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी  प्रदेशका  थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। शुक्रबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। 

    बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

     शुक्रबार राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    शनिबार दिउँसो देशभर साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ। शनिबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । 

    कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    बाग्मती, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आइतबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।

    कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आइतबार राति देशभर साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी,बागमती र मधेश प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक-दुई  स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    बागमती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    सम्भावना रहेकोले  ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार