images
images

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने, सेबोनमा दियो आवेदन

प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने, सेबोनमा दियो आवेदन

बिहिवार, साउन १० २०८१
बिहिवार, साउन १० २०८१
  • प्राइम कमर्सियल बैंकले ऋणपत्र निष्कासन गर्ने, सेबोनमा दियो आवेदन

    काठमाडौँ / प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ ।  

    images
    images

    बैंकले १ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘८ प्रतिशत प्राइम डिबेञ्चर २०९१’  नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै साउन २ गते आवेदन दिएको हो ।  

    कुल निष्कासमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुने रकम १ अर्ब ८० करोड रुपैयाँ ऋणपूँजी व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ताले हुन आउने रकम १ अर्ब २० करोड रुपैयाँ ऋणपूँजी (सो मध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत) सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिनेछ ।  

    बैंकले ऋणपत्र निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टीको रुपमा नियुक्त गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार